मुख्य समाचार

जमिन खण्डिकरणको विपक्षमा उभिए विनोद चौधरी

सांसद विनोद कुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यसँग जोडेर भूमि सम्वन्धी कानून निर्माण हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा भूमि सम्वन्धी आठौँ संसोधन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद चौधरीले भुमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्नेमा जोड दिए । इन्डस्ट्रियल पार्क, एजुकेशन सिटी र कमर्सियल फार्मिङ जस्ता अवधारणा कार्यान्वयन गर्न आवश्यक पर्ने भुमि सहज रुपमा उपलब्ध हुने गरि कानून निर्माण गर्नु आवश्यक रहेको उनले बताए । ‘उत्पादनशिल उद्योगहरूमा लगानी अभिबृद्धि गरि… पुरा पढौ

मैले भ्रष्टाचार गरेको प्रमाणित भए म झुण्डिएर मर्छु

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अरव बढि भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका… पुरा पढौ

धारिलो हतियार प्रयोग गरि २ परिवारका ९ जनाको विभत्स हत्या

२ परिवारको ९ जनाको विभत्स हत्या भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ को आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या हुनुका साथै एक बालिका घाइते भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गयराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।… पुरा पढौ

मुस्ताङःढुम्बातालसंगै ठिनी हिउँ चितुवा गुफाको क्रेज बढ्यो

मुस्ताङमा ओझेलमा परेका थुप्रै पर्यटकीय गन्तब्य छन्,जसलाई प्रचार–प्रसार र स्तरोन्नतिको खाँचो छ ।गण्डकी प्रदेशले हालै ११ वटा जिल्लामा रहेका १ सय १० संम्पदालाई पर्यटकीय गन्तब्यमा सूचिकृत ग¥यो ।जसमध्ये एक प¥यो ठिनीको हिउँ चितुवा गुफा ।पछिल्लो समय ढुम्बातालसंगै ठिनी हिउँ चितुवा गुफाको क्रेज समेत बढेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनी नजिकै गुफा अवस्थित छ ।गुफालाई हिउँ चितुवा बस्ने बाँसस्थानको रुपमा पनि लिईएको छ ।गुफाको ऐतिहाँसिक तथा धार्मिक महत्व छ… पुरा पढौ

फिर्केमा डोजर नचलाउ : उच्च अदालत

उच्च अदालत पोखराले पोखराको मध्यभागमा रहेका फिर्के, बुलौदी र बुलौंदी खोल्सा वरिपरी डोजर नचलाउन पोखरा महानगरपालिकालाई सोमबार उत्प्रेषण मिश्रित परमादेशको अन्तरीम आदेश जारी गरेको छ । ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी गर्नुनपर्ने हो ? जारी गर्नु नपर्ने कानूनसम्मत आधार र कारण भए सो समेत खुलाई १५ दिन भित्र लिखित जवाफ पेस गर्नू’, अदालतको आदेशमा भनिएको छ । पोखरा महानगरपलिकाले फिर्के खोल्सा र सेतीनदीको… पुरा पढौ

विन्ध्यवासिनी मन्दिर परिसरमा लायन्सको शौचालय

पोखराको विन्ध्यवासिनी मन्दिर हाताभित्र अपांगमैत्रीसहितको शौचालय निर्माण भएको छ । पोखरामा क्रियाशील ४ वटा लायन्स क्लबको सक्रियतामा निर्मित शौचालय सोमबार हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा समृद्धि, समर्पण, लेकसाइड र स्वर्णिम सिटीको सक्रियतामा ६ लाख ७५ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको समृद्धि लायन्सकी अध्यक्ष कुश्मा राणाले जानकारी दिइन् । शौचालयको चावी लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर अशोक कुमार श्रेष्ठले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास… पुरा पढौ

छाया सरकारले के गर्छ ?

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो छलफल र तयारीपछि छाया सरकारको घोषणा गरेको छ । सैद्धान्तिक रुपमा छाया सरकार बनाउने विषय नराम्रो होइन । किनकि यसले सत्तापक्षले गरेका वा गर्न लागेका कुनै गल्तीलाई हुनै नदिन वा तत्कालै सच्याउन मद्दत गर्दछ । अर्थात् गल्ती गर्न दिँदैन । यही मान्यताका कारण नै विश्वका विभिन्न मुलुकमा छाया सरकारको व्यवस्था गरिएको छ ।  के गर्ने हो छाया सरकारले ? छाया सरकारको कुनै कार्यालय र… पुरा पढौ

प्रतिपक्ष पार्टी कांग्रेसद्धारा ‘छाया सरकार ‘गठन, को को कुन कुन जिम्मेवारीमा (नामावलीसहित )

प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ। पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ 'क' अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरूलाई विभिन्न मन्त्रालयको छाँया मन्त्रीको जिम्मेवारी दिएका हुन्। ती सांसदहरुले कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समितिको नेतृत्व गर्ने छन्। सरकारका समानान्तर मन्त्रालयको निगरानी गर्न उनीहरुले संयोजक भएर भूमिका खेल्नेछन्। संयोजकको अतिरिक्त सदस्य पनि तोकिएका छन्। समानान्तर मन्त्रालयको कामकारबाहीको निगरानी गर्नु उनीहरुको मुख्य काम… पुरा पढौ

सरकारले सोमबारबाट देशभर अप्टिकल फाइबर बिछ्याउँदै

देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै छन् । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार… पुरा पढौ

दोस्रो चरणको आन्दोलन घोषणा,यस्ता छन् कार्यक्रम

मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। महासंघको आइतबार बसेको केन्द्रीय समितिको बैठकले महासंघले उठाएका जायज माग सम्बोधन गर्नेतर्फ कुनै गम्भीरता नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले आन्दोलन घोषणा गर्नुपरेको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। महासंघले मिडिया काउन्सिल विधेयक संसद्‍मा पेस हुने दिन देशव्यापीरूपमा आकस्मिक विरोध प्रदर्शन गर्नेदेखि मानव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं