ताजा समाचार

जेठ ६ गते २०७६

फिर्केमा डोजर नचलाउ : उच्च अदालत


उच्च अदालत पोखराले पोखराको मध्यभागमा रहेका फिर्के, बुलौदी र बुलौंदी खोल्सा वरिपरी डोजर नचलाउन पोखरा महानगरपालिकालाई सोमबार उत्प्रेषण मिश्रित परमादेशको अन्तरीम आदेश जारी गरेको छ ।

‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी गर्नुनपर्ने हो ? जारी गर्नु नपर्ने कानूनसम्मत आधार र कारण भए सो समेत खुलाई १५ दिन भित्र लिखित जवाफ पेस गर्नू’, अदालतको आदेशमा भनिएको छ ।

पोखरा महानगरपलिकाले फिर्के खोल्सा र सेतीनदीको मापदण्ड गलत नियतले फरक गरेको भन्दै २०७६ जेठ ५ गते फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिका संयोजक नारायण विक्रम शाही, मधुसुधन कोईराला, प्रकाश कोईराला, सरिता देवकोटा लगायतले उच्च अदालत पोखरामा मुद्धा दर्ता गरेका थिए ।

उक्त मुद्धामा न्यायाधीश जगतप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाई हुँदा पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश गर्दै दुवै पक्ष विच छलफल गर्नुपर्ने देखिएकाले जेठ १३ गते सम्म निवेदकको घरजग्गामा तत्काल डोजर लगाउने कार्य नगर्नु नगराउनु भनी विपक्षीको नाममा आदेश जारी गरेकोे हो ।
सरोकार समितिको तर्फबाट अधिवक्ता हिमलाल पराजुलीले वहस गरेका थिए ।