मुख्य समाचार

कोरियन भाषा परीक्षा काठमाडौं, ललितपुर र कास्कीबाट

सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ।  यही जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोेकेको छ। यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौं जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ। शाखाका सूचना… पुरा पढौ

भारतलाई २ सय मेगावाट विद्युत बेचिने

नेपाल विद्युत प्राधिकरणले यही बर्खादेखि भारतर्ला भारत बेच्ने भएको छ । प्राधिकरणले २०० मेगावाट विद्युत भारत लाई बेच्ने भएको हो । हाल रातको समयमा९०० मेगावाट मात्रै विद्युत माग रहेको र असारभित्र नेपालले एक हजार एक सय मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने हुँदा रातको समयमा बढि हुने करिब २०० मेगावाट विद्युत भारतलाई बेच्न सकिने भएको हो । त्यतीमात्र होईन प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको… पुरा पढौ

नेविसंघलाई चलायमान बनाउँदै कास्की कांग्रेस

हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस कास्कीले भातृ संस्था नेविसंघलाई चलायमान बनाउने भएको छ । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको उपस्थिति तथा नेवि संघका लागि वनेको कांग्रेस पार्टी जिल्ला निर्देशन समितिका संयोजक आइबहादुर गुरुङको अध्यक्षतामा बुधबार वसेको बैठकले तल्लो तहसम्म नेविसंघ निर्माण गरी चुस्तदुरुस्त र गतिशील बनाउने निर्णय गरेको हो । बैठकले ५ वटै स्थानीय तहमा प्रतिनिधि टोली खटाई नेविसंघ निर्माण गर्ने निर्णय गरेको… पुरा पढौ

मुख्यमन्त्रीलाई कालो झन्डा

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कालो झन्डा देखाउने प्रयास भएको छ। डोटी बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति गणेश बहादुर खड्काले मुख्यमन्त्रीलाई कालो झन्डा देखाउने प्रयास गरेको भन्दै  प्रहरीले बल प्रयोग गरेको छ। क्याम्पस हातामा नै उनलाई प्रहरीले बल प्रयोग गरी बाहिर निकालेको हो। क्याम्पसको वार्षिकोत्सव समारोहमा मुख्य अतिथिसमेत रहेका मुख्यमन्त्री भट्टलाई कालो झन्डा देखाउन खोज्दा उनलाई बल प्रयोग गरी हाताबाहिर निकालिएको प्रहरीले जनाएको छ। क्याम्पसको हाताबाट बल प्रयोग गरी प्रहरीले खडकालाई… पुरा पढौ

पाँचथर सामूहिक हत्या प्रकरणबारे गृमन्त्रीको यस्तो छ अठोट

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले सो हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन् । गृहमन्त्री थापाले सो घटनामा संलग्न ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा… पुरा पढौ

सदाचारिता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री मातहत ल्याएको हो

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन् । बुधबार ‘राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन)विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । अर्थमन्त्री खतिवडाले राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत आएपछि राजस्व हिनामिना गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन सफलता हात परेको दावी पनि गरे । स्वच्छ… पुरा पढौ

सगरमाथामा पहिलो पटक एचआइभी संक्रमितको नयाँ कीर्तिमान

सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक एचआईभी संक्रमितले सफल आरोहण गरेर नया कीर्तिमान कायम गरेका छन् । पोखरा निवासी ५६ वर्षिय गोपाल श्रेष्ठले बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो संक्रमितको रुपमा सफल आरोहण गरेका हुन् । विगत २५ वर्षदेखि एचआइभीबाट संक्रमित उने एचआईभी संक्रमितलाई दयामाया होईन अवसर र सहभागिताको वाताबरण पाए सपांग जस्तै समाज, राष्ट्र र सम्पूर्ण विश्वकै लागि उदाहरणिय बन्न सक्नेमा उनले पुष्टि गरेका छन् । उनले यसअघि पनि… पुरा पढौ

पार्टीले म माथी अन्याय गर्यो तर पार्टीको आदेश मान्न तयार छु

नेकपाले शक्तिशाली जनवर्गीय संगठन अनेरास्ववियूको सह–संयोजकको जिम्मेवारी दिएपछि असन्तुष्ट रहेका तत्कालीन अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पार्टीको निर्णय र निर्देशन मान्ने बताएका छन् । बुधबार विहान गृह जिल्ला झापामा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तामाङले आफूमाथि पटक–पटक अन्याय हुने गरेको भए पनि पार्टीको निर्णय र निर्देशन मान्दै आएको बताएका हुन् । नेकपाको जनवर्गीय संगठनहरुको एकता घोषणा गर्दा अन्य संगठनमा पूर्व अध्यक्षहरुलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिंदा अनेरास्ववियूमा भने… पुरा पढौ

प्रहरीको गोली लागेर मारिए विप्लवका कार्यकर्ता

भोजपुरमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता मारिएका छन् । प्रहरीको गोलीले पहिलो पटक विप्लव कार्यकर्ता मारिएका हुन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो । षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे उपचारका लागि लैजानै गर्दा बाटैमा मृत्यु भएको हो । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ भने नेकपा सगरमाथा व्युरोले… पुरा पढौ

सगरमाथाको उचाइ कति ?

सगरमाथाको उचाइ कति छ ? सामान्यतया अहिलेसम्म पढ्दै र बुझ्दै आएको उचाइ ८८४८ मिटर । तर यसमा उतारचढाव आएको भन्ने भनाइहरु धेरै आए ।  त्यसकै मापनका लागि चढेको नापी विभागको प्राविधिक टोली मौसममा कुनै समस्या नआए बुधबार  बिहान सगरमाथाको चुचुरोमा पुग्ने भएको छ । सोमबार  साउथ कोलमा पुगेको टोली मंगलबार बेलुका सगरमाथाको चुचुरोतर्फ लाग्ने नापी विभागका सगरमाथा उचाई मापन सचिवालयका प्रमुख सुशील डङ्गोलले बताए  ।   टोली शुक्रबार राति आधार शिविरबाट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं