ताजा समाचार

जेठ ८ गते २०७६

सगरमाथामा पहिलो पटक एचआइभी संक्रमितको नयाँ कीर्तिमान

सर्वाेच्च शिखर सगरमाथामा पहिलो पटक एचआईभी संक्रमितले सफल आरोहण गरेर नया कीर्तिमान कायम गरेका छन् ।

पोखरा निवासी ५६ वर्षिय गोपाल श्रेष्ठले बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो संक्रमितको रुपमा सफल आरोहण गरेका हुन् ।

विगत २५ वर्षदेखि एचआइभीबाट संक्रमित उने एचआईभी संक्रमितलाई दयामाया होईन अवसर र सहभागिताको वाताबरण पाए सपांग जस्तै समाज, राष्ट्र र सम्पूर्ण विश्वकै लागि उदाहरणिय बन्न सक्नेमा उनले पुष्टि गरेका छन् ।

उनले यसअघि पनि प्रयास नगरेका होइनन् तर सन् २०१५ को भयानक भूकम्पका कारण सगरमाथा आधार शिविरमा घाइते भएकोमा उनको उद्धार गरिएपछि सगरमाथा आरोहण त्यतिबेला अवरुद्ध भएको थियो ।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा।लि। का फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।