मुख्य समाचार

नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा विस्फोट, २ को मृत्यु

आइतबार सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा ७ जना घाइते छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा विस्फोट भएको हो । सुकेधारा र अनामनगरमा एक एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

बुद्ध एयरले सोमबारदेखि सिधै भारतको कोलकाता उडान भर्दै

बुद्ध एयरले सोमबारदेखि भारतको कोलकाता उडान भर्ने तयारी गरेको छ । नेपालको निजि विमानसेवा कम्पनीमध्ये लामो समय नेपाली आकासमा उडान भर्ने विमान कम्पनी बुद्ध एयरले सोमबार बिहान ८ बजे भारतको कोलकाता उडान भर्ने लागेको हो । बुद्धले जुलाईदेखि भने बिहान ७ बजे उडान गर्ने जनाएको छ। बुद्ध एयरको अनुसार हप्तामा तीन उडान गर्ने भएको छ । सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । भोली एटिआर ७२ जहाज उडाउँदै छ ।… पुरा पढौ

लोमान्थाङ तपाईको स्वागतमा पर्खिरहेको छ

भौगालिक दृष्टिले विकट मानिएको उपल्लो मुस्ताङमा कुम्भ मेला अर्थात महोत्सव नजिकिदै छ ।कोरलानाका ,लोमान्थाङ दरबार तथा मुक्तिनाथ दर्शन संग जोडेर गुफा भित्रै महोत्सव हुने सुईको थाहापाएपछि मुस्ताङमा आन्तरिक पर्यटक ओईरिने क्रम बढेको छ । लोमान्थाङ गाउँपालिकाले यही १६ देखि १९ गते ३ दिन सम्म महोत्सव संञ्चालन गर्ने जनाएको छ ।यसका लागि सबै तयारी पूरा भईसकेको महोत्सव मुल आयोजक तैयारी समितिका सचिव शुसिल अर्यालले जानकारी दिए ।गाउँपालिकाले उपल्लो मुस्ताङको कृषि र… पुरा पढौ

नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेले १५ गते खुल्ला गरिने परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिएका हुन् । पहिले नारायणहिटी सङ्ग्रहालयभित्र पूर्व राजाहरूको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो । सङ्ग्रहालय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको… पुरा पढौ

प्रेस स्वतन्त्रता विधेयक फिर्ता नभए सडक आन्दोलनमा जान्छौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएका कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियान अन्तरगत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारप्रति यसरी खनिएका हुन् । खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा प्रतिकूल हुने गरी ल्याएका विधेयक संसदबाट फिर्ता गर्नुपर्ने बताए । उनले विधेयक फिर्ता नभए सडक आन्दोलनमा… पुरा पढौ

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

उपराष्ट्रपति नन्दबहादुर पुनमगर युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन्। अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा यही जेठ १४ गते आयोजना हुने जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गरेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास बैरागी लगाएतले… पुरा पढौ

९ दिनमा १० जना सगरमाथा आरोहीको मृत्यु किन ?

सगरमाथाको ट्राफिक जामले ९ दिनभित्र १० जनाको मृत्यु भएको छ । सगरमाथा आरोहणमा निस्किएका एक बेलायती नागरिकको मृत्यु भएसंगै सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या १० पुगेको हो । रबिन हेइनेस फिसर, ४४, को कम अक्सिजनका लागि परिचित ‘डेथ जोन’ भन्ने स्थानमा मृत्यु भएको हो । अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन हो । पछिल्लो समयमा चढ्ने र ओर्लनेहरुको संख्यामा अत्यधिक वृद्धि भएकाले मृत्युको घटना बढिरहेको स्थानीय गाइड बताउँछन् । हाइकिङ… पुरा पढौ

देशभरका सबै अदालतमा आज विदा

सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आज सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो । सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही जेठ १२ गते देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द भएका हुन्। अल्जाइमर… पुरा पढौ

जापान पुगेर यसरी खोले प्रकाश शरण महतले प्रधानमन्त्री ओलीको पोल

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालको वर्तमान कम्युनिष्ट सरकारले कानुनी शासनको पालना नगरेको बताएका छन् । विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जि–२० लाई विश्वव्यापी रुपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूह टी–२० को शिखर बैठकलाई शनिवार टोकियोमा सम्बोधन गर्दै डा.महतले सो धारणा राखेका हुन् ।  जापानको राजधानी टोकियोमा शुक्रबारदेखि शुरु भएको सो शिखर बैठकलाई पूर्वपरराष्ट्र मन्त्री समेत रहेका डा.महतले शनिबार सम्बोधन गर्दै भने, सस्तो प्रचारबाट आएको कम्युनिष्ट सरकारले… पुरा पढौ

भ्रष्टाचार गर्ने कर्नेल ३ महिना जेल चलान

नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्की बर्खास्तीमा परेका छन् । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै जेल चलान गरेको छ ।  राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख रकम भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीलाई शुक्रबार राति नै जेल चलान गरिएको नेपाली सेनाको मुख्यलय जंगी अड्डा स्रोतले जनाएको छ ।  उदयपुरस्थित कालीसिद्धी गणको प्रमुख रहेका प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्नेल) कार्कीविरुद्व राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं