नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा विस्फोट, २ को मृत्यु

आइतबार सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा ७ जना घाइते छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा राजधानीमा विस्फोट भएको हो । सुकेधारा र अनामनगरमा एक एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।