ताजा समाचार

जेठ १२ गते २०७६

प्रेस स्वतन्त्रता विधेयक फिर्ता नभए सडक आन्दोलनमा जान्छौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएका कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन् ।

पार्टीको राष्ट्रिय जागरण अभियान अन्तरगत आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारप्रति यसरी खनिएका हुन् ।

खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा प्रतिकूल हुने गरी ल्याएका विधेयक संसदबाट फिर्ता गर्नुपर्ने बताए ।

उनले विधेयक फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने चेतावनी दिए। उनले संविधानको रक्षा गर्न नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैँले सडकमा जान बाध्य बनाएको दाबी गरे।