ताजा समाचार

जेठ १२ गते २०७६

९ दिनमा १० जना सगरमाथा आरोहीको मृत्यु किन ?

सगरमाथाको ट्राफिक जामले ९ दिनभित्र १० जनाको मृत्यु भएको छ । सगरमाथा आरोहणमा निस्किएका एक बेलायती नागरिकको मृत्यु भएसंगै सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या १० पुगेको हो ।

रबिन हेइनेस फिसर, ४४, को कम अक्सिजनका लागि परिचित ‘डेथ जोन’ भन्ने स्थानमा मृत्यु भएको हो ।

अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन हो । पछिल्लो समयमा चढ्ने र ओर्लनेहरुको संख्यामा अत्यधिक वृद्धि भएकाले मृत्युको घटना बढिरहेको स्थानीय गाइड बताउँछन् । हाइकिङ अधिकारीले धेरैजसो आरोहीको मृत्यु कमजोरी, थकान र रुटमा अत्यधिक जामका कारण हुने गरेको बताएका छन् ।