ताजा समाचार

जेठ १२ गते २०७६

बुद्ध एयरले सोमबारदेखि सिधै भारतको कोलकाता उडान भर्दै

बुद्ध एयरले सोमबारदेखि भारतको कोलकाता उडान भर्ने तयारी गरेको छ । नेपालको निजि विमानसेवा कम्पनीमध्ये लामो समय नेपाली आकासमा उडान भर्ने विमान कम्पनी बुद्ध एयरले सोमबार बिहान ८ बजे भारतको कोलकाता उडान भर्ने लागेको हो ।

बुद्धले जुलाईदेखि भने बिहान ७ बजे उडान गर्ने जनाएको छ। बुद्ध एयरको अनुसार हप्तामा तीन उडान गर्ने भएको छ । सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । भोली एटिआर ७२ जहाज उडाउँदै छ ।

बुद्धले कोलकातासम्मको दोहोरो भाडा प्रतिव्यक्ति २२ हजार निर्धारण गरेको छ ।बुद्ध एयरले यसअघि बनारस उडान भर्दै आएको थियो । अब कोलकातापछि गुवाहाटीमा पनि उडान भर्ने तयारी बुद्धले गरिरहेको छ ।