मुख्य समाचार

बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त हुदैन्

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग फेरि पनि हिंसाका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदा सोमबार संक्षिप्त रुपमा यस्तो प्रतिक्रया दिएका हुन् । उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने पनि उल्लेख गरे । दाहालले सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरे । वार्तामा आउने भनेपछि प्रतिवन्ध ठूलो… पुरा पढौ

प्रचण्ड निबास जाने बाटोमा पनि बम भेटिएपछि

सोमबार विहान नेकपा अध्यक्ष प्रचण्ड निवास जाने बाटोमा पनि बम परेपछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । ललितपुरको टुटेपानीमा भन्ने ठाउँमा बम फेला परेको हो । ललितपुरकै अन्य स्थानमा पनि विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । भैंसेपाटी, खुमलटारलगायतका स्थानमा भेटिएका बम पनि सेनाले निस्क्रिय पारेको छ । सोमबार विहानैबाट काठमाडौंका विभिन्न स्थानमा बम भेटिएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दले देशको अधिकांश स्थानका… पुरा पढौ

नगरपालिका कार्यालयमा बम विष्फोट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विष्फोट गराएका छन् । आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विष्फोट गराइएको हो । विष्फोटका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयको तीन वटा झ्यालको सिसा फुटेको नगर प्रमुख जमरुद्दिन मन्सुरले जानकारी दिएका छन् ।  विप्लव नेतृत्वको माओवादीले सोमबारको बन्दलाई लक्षित गर्दै बम विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । बम विष्फोट लगत्तै प्रहरी घटनास्थलमा पुगे… पुरा पढौ

विष्णु पौडेलको नाममा कांग्रेसले छर्‍यो पर्चा

बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरिएको छ । नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो । पौडेललाई कारबाही हुनु पर्ने भनेर पर्चा छरिएको नगर सभापति पाण्डेले बताए । नेकपा महासचिव पौडेल बुटवल प्रदर्शनी केन्द्रको शिलान्यास गर्न बुटवल पुगेका छन् । नेपाली कांग्रेस प्रदर्शनी केन्द्र निर्माणकै पक्षमा रहेको समेत पाण्डेले… पुरा पढौ

बजेटको तयारीमा गण्डकी प्रदेश, कतिको बजेट आउला ?

गण्डकी प्रदेशको आ.व. २०७६/०७७ को बजेट करिब ३४ अर्बको हुने भएको छ । यो बजेट १० अर्बले बढी हो । गण्डकी प्रदेश सरकारले चालु आवमा २४ अर्ब २ करोडको बजेट ल्याएको थियो । मध्यमकालीन खर्च संरचना चालु आर्थिक वर्षको बजेटसँगै आगामी वर्षको बजेट पनि प्रक्षेपण गरिएको थियो । खर्च संरचनाको आधारमा आगामी आर्थिक वर्षको बजेट ३४ अर्ब १९ करोड पुग्ने प्रक्षेपण गरिएको छ । प्रदेशका अर्थमन्त्री किरण गुरुङका अनुसार गण्डकी… पुरा पढौ

चर्च तत्काल हटाउन माग

पशुपतिनाथको स्वामित्वमा रहेको जमिनबाट क्रिस्चियन धर्मप्रचारमा क्रियाशील रहे चर्च तत्काल हटाउन नेपाल संस्कृत छात्र संघ नेपाल २००४ ले माग गरेको छ । भगवान पशुपतिनाथको स्वामित्वमा अर्थात् पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका-७ को कित्ता नम्बर ९९ र २३४ मा मिसनरिज अफ च्यारिटीले चर्च खोलेर धर्मप्रचार गरिरहेको पाएपछि संघको प्रतिनिधि मण्डलले  आइतबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललाई ज्ञापन पत्र बुझाइ तत्काल चर्च हटाउन माग गरेको हो । ज्ञापन… पुरा पढौ

अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा

अन्नपूर्ण पदयात्रा मार्गमा हुने दोस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा पुगेकोे छ । समुद्री सतहदेखि ४ हजार १ सय ३० मिटरको उचाईमा रहेको अन्नपूर्ण आधार शिविरबाट आरम्भ हुने म्याराथनका लागि आवश्यक स्वयसंवेकसहितको प्राविधिक टोली परिचालन गरिएको छ । यस्तै म्याराथन रुटको सरसफाई, वाटर प्वाइन्ट, मेडिकल प्वाइन्टमा आवश्यक सामाग्री पनि पुर्याइसकिएको छ । म्याराथनमा सहभागी हुने धावकहरूको नाम दर्ता गर्नेक्रम जारी छ । अहिलेसम्म ५० जनाले नाम दर्ता गराएइसकेको आयोजकले जनाएको… पुरा पढौ

सुकेधारा र अनामनगर विस्फोट: मृतकको संख्या ४ पुग्यो

आज काठमाडौँको सुकेधारा र अनामनगरमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । दुबै स्थानमा भएको विस्फोटमा परि ६ जना घाईते भएका थिए । सुकेधारामा घाईते भएकामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि सुकेधारमा २ र अनामनगरमा १ जनाको मृत्यु भएको थियो । हाल घाईतेहरुको उपचार भईरहेको छ । यता दुबै विस्फोटमा विप्लवको संलग्नता भएको करिब करिब पुष्टी भएको छ। किनकी बिस्फोट भएका… पुरा पढौ

ढिकुरपोखरीमा कांग्रेसको जागरण अभियान

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १, ढिकुरपोखरीमा नेपाली कांग्रेसको अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ । पार्टीको केन्द्रीय नीति र जिल्ला कार्यसमिति कास्कीको निर्देशन अनुसार अनुसार अभियान शुरु गरिएको हो । उक्त अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले नेपाली कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन जागरण अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अभियान पार्टीको मात्र नभई समग्र कांग्रेसका नेता कार्यकर्ता र जनताको समेत भएको बताए ।… पुरा पढौ

खानेपानीमै कोटा प्रणाली !

‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रङको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ल्याएका हुन् । उनीहरू कथा जर्किनबाटै शुरु हुन्छ । बिहीबार दिँउसो ४ बजे । सधैँजसो घरघरबाट महिला निलो जर्किन लिएर हतारहतार गाउँमाथिको खानेपानी ट्याङ्कीमा पुगे । ट्याङ्कीमा भीड लाग्यो । भीडमा थिइन् ५०… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं