प्रचण्ड निबास जाने बाटोमा पनि बम भेटिएपछि


सोमबार विहान नेकपा अध्यक्ष प्रचण्ड निवास जाने बाटोमा पनि बम परेपछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

ललितपुरको टुटेपानीमा भन्ने ठाउँमा बम फेला परेको हो । ललितपुरकै अन्य स्थानमा पनि विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ । भैंसेपाटी, खुमलटारलगायतका स्थानमा भेटिएका बम पनि सेनाले निस्क्रिय पारेको छ ।

सोमबार विहानैबाट काठमाडौंका विभिन्न स्थानमा बम भेटिएको छ । नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दले देशको अधिकांश स्थानका जनजीवन प्रभावित भएको छ । विभिन्न स्थानमा बम भेटिएसँगै अधिकांश स्थानिय त्रसित बनेका छन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं