ताजा समाचार

जेठ १३ गते २०७६

बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त हुदैन्

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसंग फेरि पनि हिंसाका घटना भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदा सोमबार संक्षिप्त रुपमा यस्तो प्रतिक्रया दिएका हुन् ।

उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने पनि उल्लेख गरे । दाहालले सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरे । वार्तामा आउने भनेपछि प्रतिवन्ध ठूलो समस्या नभएको भन्दै दाहालले वार्ताको पहल भइरहेको संकेत पनि गरे ।

अहिलोको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको उल्लेख गर्दै दाहालले यतिबेला सबै मिलेर विकास निर्माण र समृद्धितिर समाजवादको नयाँ ढंगले तयारी गर्नतिर लाग्नुपर्नेमा जोड दिए ।