ताजा समाचार

जेठ १३ गते २०७६

नगरपालिका कार्यालयमा बम विष्फोट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा आल्मुनियम बम विष्फोट गराएका छन् ।

आइतबार राति ११ बजे कार्यालयको बाहिरी पर्खालमा बम विष्फोट गराइएको हो । विष्फोटका कारण चार मिटर पर्खाल भत्किनुका साथै कार्यालयको तीन वटा झ्यालको सिसा फुटेको नगर प्रमुख जमरुद्दिन मन्सुरले जानकारी दिएका छन् । 

विप्लव नेतृत्वको माओवादीले सोमबारको बन्दलाई लक्षित गर्दै बम विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । बम विष्फोट लगत्तै प्रहरी घटनास्थलमा पुगे पनि कसैलाई पक्राउ गरिएको छैन ।