ताजा समाचार

जेठ १२ गते २०७६

ढिकुरपोखरीमा कांग्रेसको जागरण अभियान

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १, ढिकुरपोखरीमा नेपाली कांग्रेसको अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रिय जागरण अभियान सम्पन्न भएको छ । पार्टीको केन्द्रीय नीति र जिल्ला कार्यसमिति कास्कीको निर्देशन अनुसार अनुसार अभियान शुरु गरिएको हो ।

उक्त अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले नेपाली कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन जागरण अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अभियान पार्टीको मात्र नभई समग्र कांग्रेसका नेता कार्यकर्ता र जनताको समेत भएको बताए । कांग्रेसको जागरण अभियान कम्युनिष्टको अत्याचार विरुद्ध संघर्ष गर्दै जनतामा सही सूचना पुर्याउन पनि सघाउने दावी गरे ।

कास्की सभापति कृष्ण केसीले अभियानले कांग्रेसका नेता कार्यकर्तालाई जागरुक बनाउनुका साथै सदस्यता वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले अभियान पश्चात कांग्रेसका असली नेता कार्यकर्ता छानिने भन्दै सदस्यता असली कांग्रेसलाई मात्र दिन निर्देशन दिए ।

पार्टी सभापति मनपति अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा कास्की कांग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे, क्षेत्रीय सभापति पोषनाथ शर्मा, महाधिवेशन प्रतिनिधि देवेन्द्र कुमार शेरचन, पूर्व महाधिवेशन प्रतिनिधि रामप्रसाद अधिकारी, जिपी फाण्डेशनका अध्यक्ष यादव प्रसाद अधिकारी, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष आशबहादुर गुरुङ, पार्टीका जिल्ला सदस्य भरत अधिकारी, वडा सचिव कमला बराल, महिला नेतृ माया भण्डारी, वडाध्यक्ष भरतकुमार कुँवर लगायतले बोलेका थिए ।