मुख्य समाचार

यही अवस्था रहे अर्काे चुनावमा १० सिट आउँदैन : सुजाता

नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले अब नेता हेर्ने हैन, पार्टीलाई वलियो वनाएर अगाडि वढाउन सक्ने नेतृत्व आवश्यक भएकोमा जोड दिएका छन् । उनले नेता भन्दा पनि पार्टीलाई केन्द्रबिन्दुमा राखेर वढ्न जरुरी भएको बताइन् । उनले भनिन्–यतिवेला नेपाली काँग्रेस निकै कमजोर अवस्थामा छ, काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न पनि सकेको छैन, यही अवस्था रहने हो भने अर्को निर्वाचनमा कााग्रेसले देशैभरीवाट दश सीट पनि जित्न सक्दैन । नेतृत्व गर्ने व्यक्तिको… पुरा पढौ

नेकपा एकता घोषणा भोलि हुन्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुंगोमा पुगिसकेको दाबी गरेका छन् । नेकपा ३ नम्बर प्रदेश कमिटीले आइतबार आयोजना नेकपाको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए। ‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ’, उनले भने, ‘भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ।’ उनले पार्टी एकता टुंग्याउँदा सिद्धान्तलाई मुख्य आधार… पुरा पढौ

सरकारको एक्सनप्रति विप्लव नेकपाको यस्ता छन् चेतावनी ‘विज्ञप्ती जारी’

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले थप सरकारलाई थप चेतावनी दिएको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गर्दै सरकारले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर यातना दिइरहेको भन्दै दमन नरोके प्रतिकार गर्न बाध्य हुने बताएका हुन् । प्रहरीले शुक्रबार मात्रै सो पार्टीका केन्द्रीय सदस्यहरु चुँडामणि ओली र चन्द्रबहादुर खड्कालाई पक्राउ गरेको थियो । त्यसलगत्तै विज्ञप्ति जारी गर्दै चन्दले गिरफ्तार गरिएका सबै नेता तथा… पुरा पढौ

रोजगारीका लागि आवेदन म्याद थपियो,यस्तो छ प्रकृया …….

सरकारले रोजगारीका लागि आवेदान दिने म्याद फेरी एक महिनाका लागी थप गरेको छ । यसअघि दिएको चैत मसान्तसम्मको म्याद सकिएपछि वैशाख मसान्तसम्मको समय थप गरेको हो । बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सक्ने जनाइएको छ । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ । त्यसपछि स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गर्नेछ… पुरा पढौ

सोमबार एकता प्रक्रिया टुङ्गाउन नेकपालाई आज पनि भ्याईनभ्याई

करिव एक वर्षदेखि लम्बिएको नेपाल कम्युष्टि पार्टीको एकता प्रकृया भोली टुङ्गाउन नेकपालाई आज पनि भ्याईनभ्याई भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसका दिन एकता गर्ने भएकोले आज नेकपा अन्तिम कसरतमा जुटेको हो । जिल्ला कमिटीका अध्यक्ष र सचिव,पोलिटव्यूरो लगायतका कमिटीको नाम टुंगो लगाउन आज पनि शीर्ष नेताबीच छलफल जारी रहेको छ। स्थापना दिवसको अवसरमा पार्टी एकता प्रक्रिया टुङ्गाएको घोषणा गर्न… पुरा पढौ

प्रधानन्यायाधीशकै आदेशमा यसरी हुन्छ सार्वजनिक जग्गा व्यक्तिको नाममा

प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन् । प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७० को ३१ वैशाखमा त्यो जग्गा सार्वजनिक रूपमा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको मुद्दामा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित न्यायाधीशहरू शारदाकुमार घिमिरे र अनिलकुमार सिन्हाको इजलासले ८ भदौ ०७४ मा मीनकुमार अर्याललगायतको… पुरा पढौ

नेकपाले भोली पहिलो पटक कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोली कम्युनिस्ट पार्टीको ७०औँ स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रीबीच पार्टी एकीकरण भएपछि पहिलो पटक कम्युनिस्ट पार्टीको स्थापना दिवस नेकपाले मनाउन लागेको हो । नेकपाको स्थापना दिवसका अवसरमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन नेकपाले आफ्ना नेता… पुरा पढौ

रिट परेपछि थासाङ केन्द्र बिवाद उत्कर्षमा ,३ वडाको संयुक्त बिरोध प्रर्दशन ।भिडियो रिपोर्टसहित

सर्वोच्च अदालतमा रिट परेपछि मुस्ताङको थाकसयक्षेत्र अवस्थित रहेको थासाङ गाउँपालिकाकेन्द्र बिवाद उत्कर्षमा पुगेको छ ।अदालतमा परेको रिटका कारण भवन निर्माण तथा अन्यकार्य अन्योल परेको भन्दै स्थानीय सरोकारवालाले शनिवार थासाङमा बृहत बिरोध प्रर्दशनसहित बिरोध सभा गरे । काठमान्डौ–थासाङ सरोकार मञ्चको संयोजन तथा थासाङ–संरक्षण मञ्च मुस्ताङको आयोजनामा भएको बिरोध प्रर्दशनमा थासाङ १,२ र ४ का स्थानीयले ऐक्येवद्धता जनाएका हुन् ।थासाङ गाउँपालिकाको नेतृत्वतहको गैरजिम्मेवार कार्यशैली र अनुत्तरदायी कदमले गाउँपालिकाको भवन निर्माण लगायत अन्य… पुरा पढौ

कांग्रेसलाई नयाँ ढंगले अघि बढाउनुपर्छ : सांसद थापा

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले नेपाली कांग्र्रेस पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने खाँचो औंल्याएका छन् । कांग्रेसलाई नयाँ ढंगले अघि बढाउँदै अबको ४ वर्ष भित्रमा पुनः अब्बल, सशक्त र बलियो पार्टी बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन गर्दै सांसद थापाले पोखरा बाहिरका नागरिकले हिनताबोध गर्न नपर्ने भन्दै पोखरालाई साच्चिकै पोखरा बनाउन धादिङवासीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले… पुरा पढौ

ज्योतिषीमाथि यसरी खनिए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली ज्योतिषीसँग बिच्किएको उनी आफैंले देखाएका छन् । शनिबार बुटवलको जितगढी किल्लामा आयोजित विजयोत्सव कार्यक्रमलाई सम्बोधन गर्दा, प्रधानमन्त्री ओली ज्योतिषीमाथि खनिएका छन् । नयाँ वर्ष २०७६ लाग्दै गर्दा राजधानीका केही ज्योतिषीले अबको केही महिनामा केपी ओली सत्ताच्यूत हुने भविष्यवाणी गरे । त्यतिमात्रै होइन, एकाथरीले अब ओली हटेर प्रचण्डको भाग्य चम्किने र अर्काथरिले प्रधानसेनापतिले सत्ता चलाउने र राजसंस्था फर्किने ठोकुवा समेत गरेका थिए । प्रधानमन्त्री ओलीले पनि ती… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं