रिट परेपछि थासाङ केन्द्र बिवाद उत्कर्षमा ,३ वडाको संयुक्त बिरोध प्रर्दशन ।भिडियो रिपोर्टसहित

- गाउपालिका नेतृत्वले मुद्धा फिर्ता लिएर बिकासको कामलाई गति प्रदान गर्नपर्ने


सर्वोच्च अदालतमा रिट परेपछि मुस्ताङको थाकसयक्षेत्र अवस्थित रहेको थासाङ गाउँपालिकाकेन्द्र बिवाद उत्कर्षमा पुगेको छ ।अदालतमा परेको रिटका कारण भवन निर्माण तथा अन्यकार्य अन्योल परेको भन्दै स्थानीय सरोकारवालाले शनिवार थासाङमा बृहत बिरोध प्रर्दशनसहित बिरोध सभा गरे ।

काठमान्डौ–थासाङ सरोकार मञ्चको संयोजन तथा थासाङ–संरक्षण मञ्च मुस्ताङको आयोजनामा भएको बिरोध प्रर्दशनमा थासाङ १,२ र ४ का स्थानीयले ऐक्येवद्धता जनाएका हुन् ।थासाङ गाउँपालिकाको नेतृत्वतहको गैरजिम्मेवार कार्यशैली र अनुत्तरदायी कदमले गाउँपालिकाको भवन निर्माण लगायत अन्य बिकास पूर्वाधारका काममा बाधा पुगेको लगायतका नारा लगाउँदै बिरोध प्रर्दशन गरिएको हो ।

थासाङ २ कोवाङको खन्तीदेखि सुरु भएको बिरोध प्रर्दशन तथा ¥यालीका सहभागीले कोवाङ र लाजुङ गाउँ परिक्रमा गर्दै सभामा परिणत भएको जनाईएको छ ।बिरोध प्रर्दशनपछि आयोजित सभामा अधिकाँश बोल्ने बत्ताले गाउँपालिकाको कार्यशैलीप्रति चरम रुपमा असन्तुष्टि ब्यक्त गरे ।नेतृत्व तहले पूर्वाग्रपूर्ण तवरमा असन्तुष्ट वडाहरुलाई सौतनी आमाको व्यवहार गरेको र नेतृत्वको असम्वैधानिक कदमले बिकास निर्माणका कामलाई बन्धक बनाउँन खोजेको आरोप लगाएका छन् ।उनीहरुले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनआकाँक्षा बिपरितकार्य गर्न खोजेको उल्लेख गर्दै यस्ताकार्यको किमार्थ स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।कसैको राजनितिक स्वार्थ,सामाजिक स्वार्थ र आर्थिक स्वार्थ साँचेर प्राप्त जनमतलाई लत्याएर काम गर्न खोजे यसको ठुलो मुल्य चुकाउनु पर्ने जनाएका छन् ।


स्थानीय निर्वाचनमा भाग लिएका राजनितिक पार्टीले थासाङ केन्द्र राख्ने बिषयमा जनतालाई बिभिन्न आश्वासन दिएका कारण थासाङको केन्द्र बिवाद चुलिएको हो ।केन्द्र आफुले ईच्छ्याएका स्थानमा कायम टगर्ने बिषयमा निर्वाचित जनप्रतिनिधिबीच होडनै चल्यो ।१८ सदस्यीय बहुमत रहेको एक खेमाले केन्द्र थासाङको कोवाङ राख्ने निर्णय ग¥यो ।जसलाई सरकारले मान्यता दिदै थासाङको केन्द्र कोवाङ केन्द्र कोवाङमा रहने राजपत्रमा सूचना प्रकाशित ग¥यो ।

नेपाल सरकार मन्त्रिपरिषदले बिवादमा रहेका स्थानीयतहको नामावली प्रकाशन गर्ने क्रममा कोवाङलाई केन्द्र तोकेको काठमान्डौ–थासाङ सरोकार मञ्च काठमान्डौका सचिव सुरेन्द्र शेरचनले बताए ।सरकारले केन्द्र निर्धारण समयसिमा समाप्त भएको उल्लेख गर्दै सचिव शेरचनले अब केन्द्र हेरफेर गर्न दुई तिहाईको आवश्यक पर्ने जनाए ।केन्द्र सार्ने दिवा सपना देखेर जनतालाई गुमराह बनाई मुद्धा लम्ब्याउने कार्य बिकास बिरोध कदम भएको टिप्पणी गरे ।


सरकारले थासाङको केन्द्र कोवाङ तोकेपनि गाउँपालिकाकै सदस्यबाट सर्वोच्च अदालतमा केन्द्र हेरफेर गर्न पाउँने माग राख्दै सर्वोच्च अदालतमा रिट परेपछि समस्या जटिल बनेको सरोकार मञ्च काठमान्डौका अध्यक्ष बिजयमान शेरचनले बताए ।संम्वैधानिक प्रावधान अनुसार भएको केन्द्रलाई मुद्धा हालेर बिकासको हलो अड्काउन खोज्ने दुश्प्रयास स्वीकार्न नसकिने जनाए ।थाकसातसयक्षेत्र ऐतिहाँसिक धार्मिक र सास्कृतिक थकाली मुल थलो भएको उल्लेख गर्दै अध्यक्ष शेरचनले यसको बिकल्प अन्य स्थान हुन नसक्ने दावी गरे ।उनले गाउपालिकाले नेतृत्वले मुद्धा फिर्ता लिएर बिकासको कामलाई गति प्रदान गर्नपर्ने सुझाए ।

‘यो वर्ष बित्दैछ ।अव आगामी आर्थिक वर्षमा यो समस्या सल्ट्याएर भवन निर्माणको काम अघि नबढाए जनता सडकमा उत्रिने चेतावनी दिए ।


थासाङ संरक्षण मञ्च मुस्ताङका अध्यक्ष आनन्द शेरचनले बहुमत स्थापित गरेको गाउँपालिकाकेन्द्रलाई राज्यले अनुमोदन गरेको उल्लेख गरे ।आफ्नै छातीमा बन्चरो हानेर नेतृत्व तहले अलोकप्रिय कार्य गरेको बताए ।थासाङको कोवाङ ऐतिहाँसिक तथा पूरातात्तिक सम्पदाले भरिएको ठाउँमा केन्द्र हरन गर्ने दिवासपना पाल्नेहरु बिकास बिरोधी भएको जनाए ।

कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष नरप्रसाद हिराचन,जनआर्दश अम्मरसिह माविका अध्यक्ष मीन प्रसाद थकाली,थासाङ ४ का कृष्ण गौचन,थासाङ १ का निर्जनमान शेरचन,हिक्मत आमा समुहकी पुश्पा शेरचन,दलित एकता संञ्जालका अध्यक्ष बुद्धिसिह नेपाली लगायत थासाङको कोवाङमा रहेको केन्द्रलाई हटाउने प्रयास गरिएकोमा आपत्ति पकट गरे ।उनीहरुले कुनै हालतमा कोवाङको बिकल्पमा केन्द्र हुन नसक्ने जनाए ।


कार्यक्रममा थासाङ काठमान्डौ सम्पर्क मञ्चका सचिव शेरचनले कोवाङ केन्द्र भएको राजपत्रमा प्रकाशित सूचनाको जानकारी गराएका थिए ।गाउँपालिकाको बिकासमा नेतृत्वलेनै मुद्धाको भारी बोकाएर बिकासका काम अलपत्र भएको भन्दै स्थानीयले चर्को आलोचना गरेका हुन् ।
यसअघि थासाङ संरक्षण मञ्चले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति मुस्ताङमा ज्ञापनपत्र बुझाएको जनाएका छन् ।

बिज्ञप्तीमा स्थानीय सरकारकै अभियान्ताले सरकारको निर्णय बिरुद्ध रिट हालेको उल्लेख गर्दै यस्ता गतिबिधिले शिङ्गो बिकास निर्माण तथा गाउँपालिकाको संरचना निर्माण अन्योल परेको उल्लेख गरेका छन् ।स्थानीय पूर्वाधार बिकासलाई शहज संञ्चालन गर्न असहज तथा केन्द्र बिवादको कारण देखाएर भवन निर्माणमा आलटाल गरेकाले यसको परिणाम राम्रो नह्ुने जनाएका छन् ।

थासाङ संरक्षण मञ्चका अध्यक्ष आनन्द शेरचनको अध्यक्षतामा भएको कार्यक्रम संञ्चालन थासाङ–काठमान्डौ सरोकार मञ्चका सदस्य ईन्जिनीयर रामकृष्ण शेरचनले गरेका थिए ।कार्यक्रममा थासाङ ३ वडाका करिव ५ सय जना स्थानीयको सहभागी रहेको थियो ।