मुख्य समाचार

अर्जुन रिहा, दफा ४७ र ४८ खारेज नभएसम्म आन्दोलन जारी

समाचार लेखेकै कारण साइबर अपराध मुद्दामा गिरफ्तार परेका पत्रकार अर्जुन गिरी बिहीबार रिहा भए । उनी रिहा भए पनि विद्युतीय कारोवार ऐनका दफा ४७ र ४८ खारेज नभएसम्म आन्दोलन जारी राख्ने नेपाल पत्रकार महासंघले जनाएको छ । पत्रकार पक्राउको बिरोधमा देशभरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । नेपाल पत्रकार महासंघको आह्रवान र अगुवाईमा देशभरका पत्रकारहरुले विहिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । गिरीले गत चैत २२… पुरा पढौ

ऋणीसँग घुस लिन खाता नै रोक्का !

सरकारी निकायमा काम गराउँदा घुस दिन् परेको समाचार नयाँ हैनन् । तर ऋण लिदा पनि घुस दिनुपर्ने अवस्था पनि आएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नवलपरासी ९बर्दघाट(सुस्ता पश्चिम० मा कार्यरत कनिष्ट सहायक अन्चल सुनारले यस्तो हर्कत गरेका छन् । राष्ट्रसेवक कर्जाबापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकाल्न नमिल्ने गरी रोक्का राखी उक्त खाता खोल्ने प्रयोजनक लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग… पुरा पढौ

संविधान मान्छौं, तर गणतन्त्र मान्दैनौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले आफूहरुले अघि सारेका २२ सूत्रीय मागबारे सरकार गम्भिर नभएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा उनले भने, ‘हामीले उठाएका मागबारे सरकार गम्भिर भएन। हामीले फागुन मसान्तभित्र हाम्रा माग सम्बोधन गर्न आग्रह गरेका थियौं। तर, सरकारले अहिलेसम्म हाम्रा मागलाई सकारात्मक रुपमा लिनु त परैको कुरा भयो, पूर्ण रुपमा उपेक्षा गरेको छ।’ अध्यक्ष थापाले सरकारले आफूहरुको मागलाई उपेक्षा गरेकै कारण जनदबाब सिर्जना… पुरा पढौ

मन्त्रिपरिषदले आज सार्वजनिक गरेको १२ निर्णय यस्ता छन्

बैसाख २ गते मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्णयहरु सार्जनिक गरेका हुन् । मन्त्रिपरिषद्का निर्णयहरु १. संघमा समायोजन भएका कर्मचारीबाट कामकाज गर्ने गरी पशु क्वारेन्टाइन कार्यालय, काठमाडौं अन्तर्गत रसुवा जिल्लाको रसुवागढी तथा काठमाडौं जिल्लाको नागढुङ्गामा अस्थायी पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने निर्णय गरिएको छ । २. ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्दे्शिका, २०७५… पुरा पढौ

पत्रकार गिरी साधारण तारेखमा रिहा

पोखराका व्यवसायी विपेन्द्र बतासले ठगी गरेको समाचार लेखेकै आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहाई भएका छन् । सिआइबीले उनलाई पक्राउ गरेर साइबर क्राइम अन्तर्गत मुद्धा चलाएको थियो । सिआइबीले अनलाइन नै दर्ता नगरी चलाएको भनी मुद्दा दायर गरे पनि उनका पत्रिका र अनलाइन दुवै दर्ता थिए । ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा रिहा गरेपछि पत्रकारिता क्षेत्रको जीत भएको छ… पुरा पढौ

प्रकाण्डले पाए पार्टीको मध्य कमाण्ड जिम्मेवारी

विप्लव नेतृत्वको नेकपाका प्रवक्त खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले मध्य कमाण्ड इन्चार्जको जिम्मेवारी पाएका छन् । सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’चैत पहिलो साता काभ्रेबाट पक्राउ परेसँगै पार्टीले प्रकाण्डलाई जिम्मेवारी दिएको हो । सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् ।उनको पार्टीमा विप्लव र प्रकाण्डपछि दोस्रो वरियता रहेको छ । यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन… पुरा पढौ

बन्दमा बिहानैबाट बम आतंक !

सरकारले गतिविधिमा प्रतिबन्ध गरेको विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता सडक छैनन् तर बजार करिब बन्द छ, सडक सुनसान छ । नेता, कार्यकर्ता धेरैजसो पक्राउ परेपछि ठाउँ ठाउँमा बम, शंकास्पद वस्तु राखेर नेकपाले जनजीवनलाई त्रसित बनाउँदै बन्द प्रभावकारी बनाउने बाटो लिएजस्तो देखिन्छ । बिहीबारको बन्दमा बिहानै पाल्पमा विस्फोट भएको छ भने पूर्व पश्चिम राजमार्गलाई प्रभावित बनाउन शंकास्पद बस्तु राखिएको छ । पोखराका पोखराका २ ठाउँमा पनि शंकास्पद बस्तु फेला परेका छन्… पुरा पढौ

वैशाख ५ गते नेपाल बन्द घोषणा !

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लव नेतृत्वको पार्टीले बैशाख ६ गतेबाट भने प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आगामी बैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने घोषणा गरेको हो । आफूहरुमाथि लगाइएको प्रतिबन्ध विरुद्ध प्रधानमन्त्री सहभागी हुने स्थानमा बन्द गर्ने सो… पुरा पढौ

बुधबार साँझदेखि जेटका सबै उडान रोकिने, किन ?

चरम आर्थिक संकटमा परेको २५ वर्ष पुरानो भारतीय एयरलाइन्स जेट एयरवेजलाई ऋणदाताहरुले थप रकम उपलब्ध नगराउने जनाएसँगै बुधबार साँझदेखि जेटका सबै उडान रोकिने भएका छन् ।  रोयटर्सका अनुसार, जेटलाई तत्काल उडान सुचारु गर्न आपत्तकालिन कोषकालागि ४ सय करोड भारु आवश्यक थियो। तर, ऋणदातासँग बुधबार साँझ भएको संचालकहरुको बैठकमा उनीहरुले थप रकम उपलब्ध गराउन इन्कार गरेपछि जेटका सबै उडान बन्द हुने भएका हुन्। १ सय १५ वटासम्म विमान भएको यो कम्पनीसँग बुधबार… पुरा पढौ

पत्रकार उज्जवल जंग शाहमाथि सांघातिक हमला

कोर्पोरेट खबरका सम्पादक उज्जवल जंग शाहमाथि काठमाडौं मल परिसरमा सांघातिक आक्रमण भएको छ । मलस्थित फेसियल हाउसबाट घर फर्कन लागेका शाह माथि प्रकाश कुमार श्रेष्ठसहित ८/९ जनाको समूहमा रहेको १ टोलीले आक्रमण गरेको जानकारी शाहले दिए । आक्रमणबाट उनको शरीरमा चोट पटक लागेको छ । शाहको हाल नर्भिक अस्पतालमा उपचार भईरहेको छ । शाहले काठमाडौं मलमा आर्थिक अपचलन भएको बिषयलाई जोडदार रुपमा उठाउँदै आएका थिए । शाह माथि संघातिक हमला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं