मुख्य समाचार

गण्डकी प्रदेशले को को लाई गर्दैछ त सम्मान ?

गण्डकी प्रदेश सरकारले २६ जना कर्मचारीलाई सम्मान गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत २६ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघि फागुन ४ गते प्रदेश दिवसका अवसरमा प्रदेशका कर्मचारीलाई सम्मान गर्ने योजना थियो । तर, कार्यसम्पादन मूल्यांकन तथा तयारी नपुगेको भन्दै सम्मान रोकिएको थियो । सम्मानित हुनेमा प्रदेशका प्रमुख सचिवदेखि मन्त्रालयका कार्यालय सहयोगीसम्म छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका… पुरा पढौ

विपेन्द्रराजलाई पक्रने बाटो खुला

पत्रकारलाई साइबर मुद्दा हाल्ने पोखराका व्यवसायी विपेन्द्रराज बतासलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ । ठगी उजुरी परेपछि बतास विरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएलगत्तै उनले उच्चमा परमादेशसहितको आदेश माग गर्दै रिट दर्ता गराएका थिए । बुधबार उच्च अदालतका न्यायाधीश सुवास पौडेलको एकल इजलासले कास्की प्रहरीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । विपेन्द्रराजले माग गरेजस्तो अन्तरिम आदेश भने अदालतले दिएन ।… पुरा पढौ

चौधरी उद्योग ग्राममा बम बिस्फोट

चौधरी ग्रुपको उद्योगमा बम बिस्फोट भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिहीबार आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विस्फोट भएको हो । अज्ञात समुहद्वारा नवलपरासी ९सुस्ता पुर्ब० को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा बम बिस्फोट गरेको हो । बम बिस्फोट कसले गरायो भन्ने यकिन हुन सकेको छैन । बोतलमा राखेको सामन्य बिस्फोटक पदार्थ बारुद बिस्फोट भएको बताईएको छ । उद्योग अगाडी गार्ड रहने गेट भन्दा करिब… पुरा पढौ

नेपाललाई निरक्षर होईन विद्वानहरुको देश बनाउनु पर्दछ :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताएका छन् । विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्थीहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको… पुरा पढौ

बलात्कार आरोपी सुन्दर कुमार श्रेष्ठ धरौटीमा छुटे

१६ वर्षीय किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेको पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले बुधबार उनलाई ५ लाख रुपैयाँ धरौटी लिएर उनलाई छाडेको हो । अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजालसले श्रेष्ठलाई धरौटी लिएर छाड्न आदेश दिएको हो । यौन दुव्र्यवहारको आरोपमा उनीसंगै पक्राउ परेका एनआइसी एशिया बैंकका शाखा प्रमुख सुवास सुवेदी यसअघि नै धरौटीमा छुटेका थिए । श्रेष्ठ र सुवेदी चैत… पुरा पढौ

निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलिया अनुमोदित

संसदीय सुनाई समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित दिनेशकुमार थपलियालाई सर्वसम्मत अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले थपलियालाई प्रमुख निर्वाचनका लागि योग्य ठहर्दै सर्वसम्मत अनुमोदन गरेको हो । त्यस्तै समावेशी आयोगको सदस्यमा प्रस्तावित विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन भएको छ । प्रमुख निर्वाचन आयुक्त र आयोग सदस्यको सुनुवाइका लागि बुधबार समितिको बैठक २ पटक बसेको थियो । अनुमोदनअघि समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तविरुद्धका उजुरीकर्तासँग छलफल भएको थियो… पुरा पढौ

पत्रकार गिरीको रिहाईको माग गर्दै पोखराका पत्रकार आन्दोलनमा

ठगी’ गरेको भन्दै समाचार लेखेका कारण पक्राउ परेका अर्जुन गिरीको रिहाईको माग गर्दै पोखराका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । दफा ४७ र ४८ अन्तर्गतको ऐन खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगाएतका ब्यानर तथा प्लेकार्डहरु बोकेर बुधबार पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले सामूहिक विरोध जनाएका हुन् । साथै पक्राउ परेका अर्जुन गिरीलाई सर्शत रिहा गर्न माग गर्दै आज जिल्ला प्रहरी कार्यलय कास्की र जिल्ला प्रशासन कार्यलय अगाडी धर्ना दिएका छन्… पुरा पढौ

विप्लव समूहलाई उसका गतिविधिका कारण प्रतिबन्ध लगाएको हो :गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वलाई उसको गतिविधिका कारणले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारेका छन् । ३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले संविधानले प्रतिबन्ध गरेका गतिविधि गरेकाले विप्लव समूहलाई प्रतिबन्ध लगाएका बताएका हुन् । मन्त्रि थापाले उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउने प्रयत्न सरकारले गरिरहेको समेत समेत जानकारी दिएका छन् । तर, उनले मूलधारको राजनीतिमा विप्लवलाई फर्काउन कस्तो प्रयत्न भइरहेको छ भन्नेबारेमा भने केही… पुरा पढौ

गण्डकी प्रदेश सरकारको बजेट खर्च जम्मा १९ प्रतिशत

गण्डकी प्रदेश सरकारले अहिलेसम्म जम्मा १९ प्रतिशत बजेट खर्च गरेको देखिएको छ । चालु आर्थिक वर्षमा २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले चैत २५ सम्मको तथ्यांकअनुसार ३ अर्ब ३० करोड रुपैयाँमात्र खर्च गरेको छ । चालुतर्फ १ अर्ब ६४ करोड ९७ लाख र पुँजीगततर्फ १ अर्ब ६५ करोड १० लाख मात्र खर्च भएको छ । झन्डै ८० प्रतिशत बजेट खर्च भइसकेको छैन । प्रदेश आर्थिक… पुरा पढौ

गिरीलाई साइबर क्राइमबिरुद्ध पत्रकारहरु आन्दोलित

राज्यका सम्बन्धित निकायमा दर्ता भएका सञ्चार संस्थामै प्रकाशन भएको समाचारका कारण पत्रकारले साइबर अपराध मुद्दा झेल्नुपरेको छ । कास्कीबाट प्रकाशन हुने ताण्डव साप्ताहिक र ताण्डनन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई साइबर अपराधमा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरेको छ । सोमबार सिआइबीले पोखराबाट काठमाडौं लगेका गिरीलाई मंगलबार अदालतले म्याद थप गरेको हो । बिरामी गिरीलाई सिआइबीकै नियन्त्रणमा रहने गरी अस्पताल भर्ना गरिएको छ । पोखराका व्यवसायी विपेन्द्र बतासले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं