विपेन्द्रराजलाई पक्रने बाटो खुला

पत्रकारलाई साइबर मुद्दा हाल्ने पोखराका व्यवसायी विपेन्द्रराज बतासलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ । ठगी उजुरी परेपछि बतास विरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो ।

पुर्जी जारी भएलगत्तै उनले उच्चमा परमादेशसहितको आदेश माग गर्दै रिट दर्ता गराएका थिए । बुधबार उच्च अदालतका न्यायाधीश सुवास पौडेलको एकल इजलासले कास्की प्रहरीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

विपेन्द्रराजले माग गरेजस्तो अन्तरिम आदेश भने अदालतले दिएन । उनले ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीसहित ३ जनालाई सोमबारै गाली बेइज्जती मुद्दासमेत हालेका थिए ।