मुख्य समाचार

नख्खु बम काण्डमा मुख्य योजनाकार पक्राउ

ललितपुरको नख्खुमा भएको बम काण्डका मुख्य योजनाकारलाई प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको छ । बमकाण्डमा १ जनाको ज्यान गएको थियो । २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा थप २ गम्भीर घाइते भएका थिए । महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाका वीरबहादुर कठायतलाई मंगलबार० पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाका सदस्य कठायतलाई सुन्धाराबाट पक्राउ गरिएको हो । नख्खु बम विष्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले… पुरा पढौ

के-के गर्दैछ नेपाली कांग्रेस ?

नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको मुख्यालय सानेपामा मंगलबार गरिएको पत्रकार सम्मेलनमार्फत २०७६ सालमा तीन चरणमा केन्द्रदेखि वडासम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘कांग्रेसले पहिलो चरणमा वैशाख ११ बाट १ महिना, दोस्रो चरणमा भदौ २४ बाट १५ दिन र तेस्रो चरणमा पुस १६ बाट १० दिन राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछ ।’ अभियानको नाम ‘हिमाल, पहाड,… पुरा पढौ

विपिन बतासलाई पक्राउ पुर्जी, कहिले पर्लान् पक्राउ

कास्की जिल्ला अदालतले व्यवसायी विपिन (विपेन्द्र) बतासलाई मंगलबार पक्राउ पुर्जी जारी गरेको छ । विपेन्द्रले आफूहरुलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी गरेको दाबीसहित पोखरा ६ का जनकराज श्रेष्ठ र दालप्रसाद श्रेष्ठले कास्की प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा सोमबार जाहेरी दर्ता भएपछि मंगलबार अदालतले पुर्जी जारी गरेको हो । बतासले हालेको साइबर अपराध मुद्दामा पत्रकार अर्जुन गिरीलाई ३ दिन म्याद थप गरी सिआइबीले अनुसन्धान गरिरहेको छ । पुरा पढौ

सरकारको अर्काे सफल्ता:भेरी-बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रू’

केपी शर्मा ओली नेतृत्व सरकारले देशमा विस्तारै विकासको गति लिदै छ । प्रधानमन्त्रिको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको मंगलबार ‘ब्रेक थ्रू’ भएको छ। टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो। सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो। सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो।… पुरा पढौ

पार्टीभित्र अन्तरघात गर्नेलाई कार्वाही हुन्छ: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता र चुनावका बखत हुने अन्तरघात अन्त्य गर्न आफू प्रतिबद्धताका साथ अघि बढेको बताए। मंगलबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले आफ्नो पार्टी प्रजातान्त्रिक पार्टी भएकोले गुट उपगुट देखिएको हुन सक्ने उल्लेख गर्दै कम्युनिष्ट पार्टीमा समेत गुट उपगुट देखा परेको बताए। फरक प्रसंगमा उनले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । उनले सरकार… पुरा पढौ

काउन्सिलको कमजोरीले पत्रकारलाई साइबर मुद्दा

प्रकाशन तथा प्रशारण माध्यमको नियमक निकाय प्रेस काउन्सिल नेपालकै कमजोरीका कारण पत्रकारले सास्ती भोग्नुपरेको छ । त्रुटिवस काउन्सिलले अनलाइन दर्ता नभएको पत्र दिएपछि पत्रकारलाई साइबर अपराधमा मुद्दा लगाएर सिआइबीले पोखराबाट काठमाडौं लग्यो । ताण्डव साप्ताहिक र ताण्डवन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई समाचार लेखेकै कारण साइबर अपराधसम्बन्धी कसुरमा पक्रेको हो । सोमबार दिउसो काठमाडौं लगिएका गिरी बेलुका नेपाल पत्रकार महासंघको रोहवरमा रिहा भएका छन् । गिरीले बतास अर्गनाइजेसनका सञ्चालक विपिन बतास(विपेन्द्र)ले… पुरा पढौ

विपेन्द्र विरुद्ध ठगी उजुरी दर्ता

व्यवसायी विपिन (विपेन्द्र) बतासको उजुरीमा पत्रकार अर्जुन गिरीलाई सिआइबीले पोखराबाट काठमाडौं लगेकै दिन विपेन्द्र विरुद्ध ठगी उजुरी दर्ता भएको छ । तान्डव साप्ताहिक र ताण्डवन्युज डटकममा प्रकाशन भएको समाचारविरुद्ध उनले सम्पादक गिरीलाई साइबर अपराधसम्बन्धी मुद्दा हालेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीमा पोखरा ६ का जनकराज श्रेष्ठ र दालप्रसाद श्रेष्ठले बतासबाट ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै दिएको जाहेरी सोमबार दर्ता भएको हो । उनीहरुले साताअघि नै उजुरी… पुरा पढौ

रवीन्द्र मिश्रका छाेराले जिते चुनाव

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका छोरा युराल मिश्रले अमेरिकाको बाउडेन विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को चुनाव जितेका छन् । 
सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै छोराले विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को नेतृत्व गर्ने जानकारी दिएका हुन् । 
 उनले भनेका छन्, ‘मैले चुनाव हारेँको थिएँ । मेरो छोराले जितेछ । मेरा छोरा जस्ता दशौँ हजार क्षमतावान नेपाली विद्यार्थी विदेशमा छन् । यो देश हाम्रो पुस्ताले बनाउन सकेन भने तीमध्ये अधिकांश नेपाल… पुरा पढौ

राष्ट्रिय लालीगुराँस दिवस कहिले मनाउने ?

यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । ३ हजार १ सय २० मिटर उचाइबाट नयाँ वर्ष-२०७६ लाई स्वागत गरे । २ दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर केन्द्रले विगत ७ वर्षदेखि ‘गुराँस उत्सव’ गर्दै आएको छ । वसन्तमा फुल्ने… पुरा पढौ

नेपाली जनता कृषिमा पनि परनिर्भर हुनु दुखद : नेकपा अध्यक्ष प्रचण्ड

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्खाले दिएको आत्मनिर्भर नेपाल अहिले आएर परनिर्भर हुन गएकोमा दुख ब्यक्त गरेका छन । नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन, २०७६ को काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले यो अवस्थाको अन्त्य गर्नका लागि सरकार, निजी क्षेत्र र आम नेपालीले गम्भीर भएर सोच्नुपर्ने सुझाव दिएका छन्। पुर्खाहरूले शिक्षाको अभावमा पनि मुलुक आत्मनिर्भर मात्रै नभएर खाद्यवस्तु निर्यात… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं