विपेन्द्र विरुद्ध ठगी उजुरी दर्ता

व्यवसायी विपिन (विपेन्द्र) बतासको उजुरीमा पत्रकार अर्जुन गिरीलाई सिआइबीले पोखराबाट काठमाडौं लगेकै दिन विपेन्द्र विरुद्ध ठगी उजुरी दर्ता भएको छ । तान्डव साप्ताहिक र ताण्डवन्युज डटकममा प्रकाशन भएको समाचारविरुद्ध उनले सम्पादक गिरीलाई साइबर अपराधसम्बन्धी मुद्दा हालेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा पोखरा ६ का जनकराज श्रेष्ठ र दालप्रसाद श्रेष्ठले बतासबाट ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै दिएको जाहेरी सोमबार दर्ता भएको हो । उनीहरुले साताअघि नै उजुरी दिएका थिए ।

उनीहरुले लेकसाइडको जग्गा र होटल लेनदेनका बतासबाट आफूहरु ठगिएको जनाएका छन् ।