नख्खु बम काण्डमा मुख्य योजनाकार पक्राउ

ललितपुरको नख्खुमा भएको बम काण्डका मुख्य योजनाकारलाई प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको छ । बमकाण्डमा १ जनाको ज्यान गएको थियो । २०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा थप २ गम्भीर घाइते भएका थिए ।

महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाका वीरबहादुर कठायतलाई मंगलबार० पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाका सदस्य कठायतलाई सुन्धाराबाट पक्राउ गरिएको हो ।

नख्खु बम विष्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अझै २ फरार छन् । फागुन १४ गते बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने पनि कठायत रहेको प्रहरी अनुसनधानमा खुलेको प्रहरीको दाबी छ ।