रवीन्द्र मिश्रका छाेराले जिते चुनाव

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका छोरा युराल मिश्रले अमेरिकाको बाउडेन विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को चुनाव जितेका छन् ।


सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै छोराले विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को नेतृत्व गर्ने जानकारी दिएका हुन् । 


उनले भनेका छन्, ‘मैले चुनाव हारेँको थिएँ । मेरो छोराले जितेछ । मेरा छोरा जस्ता दशौँ हजार क्षमतावान नेपाली विद्यार्थी विदेशमा छन् । यो देश हाम्रो पुस्ताले बनाउन सकेन भने तीमध्ये अधिकांश नेपाल फर्किँदैनन् ।

दक्ष जनशक्तिलाई नेपालमा बस्ने वातावरण नै नबनाई देश कसरी बनाउने ? मेरो छोराका उमेरका दशौँ लाखौँ युवाहरूलाई नेपाल फर्किने र नेपालमैं बस्ने वातावरण सृजना गर्न लागि परेको छु । नयाँ वर्षले सोही दृढतामा थप शक्ति प्रदान गरोस् !’


यस्ताे छ मिश्रकाे फेसबुक स्टाटस:

बाबा, मैले चुनाव जितेँ
मैले चुनाव हारेँको थिएँ । मेरो छोराले जितेछ ।
 Forbes Magazine का अनुसार Bowdoin अमेरिकाको तेस्रो उत्कृष्ट Liberal Arts कलेज हो। A Levels को परिक्षामा उत्कृष्ट (एउटा विषयमा विश्वमैँ उत्कृष्ट) नतिजा लेराएपछि उसले Bowdoin College मा राम्रो छात्रवृत्ति पाएको थियो ।


Bowdoin जस्ता कलेजहरूमा पनि लगभग हाम्रा विद्यार्थी युनियनजस्तै संस्थाहरू हुन्छन् । तर ती पूर्णत गैर-राजनीतिक हुन्छन् र तिनले वास्तवमैँ विद्यार्थी र कलेजको हितमा काम गर्नु पर्छ ।

त्यसको अध्यक्ष हुनका लागि प्रतिश्पर्धीहरूले अन्य क्षमता प्रदर्शन गर्नुको साथमा अमेरिकी राष्ट्रपतिय शैलीको सार्वजनिक बहसमा भाग लिएर कलेजका विद्यार्थीहरुलाई प्रभावित पार्नु पर्छ ।


छोराले सो चुनाव जितेछ। आज विहानै फोन गरेर उसले भन्यो, ‘बाबा, मैले चुनाव जितेँ ।’ उसले अब एक वर्षका लागि Bowdoin Student Government Council को नेतृत्व गर्नेछ ।

मेरा छोराजस्ता दशौँ हजार क्षमतावान नेपाली विद्यार्थी विदेशमा छन् । यो देश हाम्रो पुस्ताले बनाउन सकेन भने तीमध्ये अधिकांश नेपाल फर्किँदैनन् । नेपालमा त्यस्तै दशौँ हजार क्षमतावान विद्यार्थी छन् र यो देश बनेन भने तीमध्ये अधिकांश नेपाल छोडेर जान्छन् ।


दक्ष जनशक्तिलाई नेपालमा बस्ने वातावरण नै नबनाई देश कसरी बनाउने ? मेरो छोराका उमेरका दशौँ लाखौँ युवाहरूलाई नेपाल फर्किने र नेपालमैं बस्ने वातावरण सृजना गर्न लागि परेको छु । नयाँ वर्षले सोही दृढतामा थप शक्ति प्रदान गरोस् !