कथाः जनै

उफ् कस्तो उखर्माउलो गर्मी । सायद मैले थाहा पाइन या बिर्से । यतिसम्म गर्मी त कहिले भएको थिएन । हिँड्दा घुँडा ठोक्किए पनि झिल्को पर्छ जस्तो लाग्छ । यस्तै गर्मी चार–पाँच दिनसम्म रह्यो भने न त हरियाली रहन्छ, न त नदीमा पानी नै बहन्छ होला । त्यसो नभए पनि कुनै अनिष्ठकारी घटनाको लर्को लाग्छ तर त्यसो नहोस् ।

यस्तो गर्मीमा पनि बजार जान मन लाग्यो । त्यसै त गर्मी, त्यसमाथि पिच तातेर हप्हप्ती भयो । गाउँ पसेपछि अलि शितल भयो, बीसको उन्नाइसमात्र । पसिनाले कपडा ल्यापल्याप्ती भएको छ । मोटो मान्छे उकालोमा स्वाँ–स्वाँ हुन्छ । स्वासप्रश्वास नबिसाइकन ढोका खोल्छु । हत्त न पत्त पंखा चलाउँछु । लाइरहेको टिसर्ट खोल्छु भन्दै, …यस्का बाउको ठाडो, कस्तो गर्मी हो ।Ú वातावरण नै आगोको छेउमा बसे जस्तो । आगोको रापले भूमरी खेले जस्तो । जता जाऊ उतै उस्तो ।

आमा ढोकाबाट पुलुक्क हेर्नुहुन्छ । केही भन्नुहुन्छ त्यसपछि पनि उहाँका आँखाले केही न केही बोलिरहे जस्तो लाग्छ । मेरो कमी कमजोरीको खण्डन गरेको आभास हुन्छ ।
म जुत्ता फुकाल्छु । बाँकी लुगा फुकाल्छु । लुगा फेर्छु । तल कट्टु लगाउँछु । माथि भने केही लगाउँदिन, कट्टीदेखि माथिको भाग बन मान्छेको जस्तो देखिन्छ ।
गिलासमा पानी लिएर आउनु भएकी आमाले भन्नुहुन्छ, …जनै पनि लाउन छाडिस् क्या हो Û हुँदा–हुँदा बाबु बाजेको धर्म पनि धान्न नसक्ने भइस् । तलाई त्यत्ति जनै पनि अल्झो भयो ?Ú

आमाको कुरा सुनेर हड्बडाएँ । सधैँ जनै लाउन रुचाउने म संस्कार, संस्कृतिको वकालत गर्ने म, छोरालाईसमेत जनै लाउनुपर्छ भनेर आदर्श छाट्ने म । आज नाङ्गेझार भए जस्तो लाग्छ । धर्मच्यूत र संस्कारहीन भए जस्तो लाग्छ । तब आफूलाई सम्हाल्न सक्दिन । के भनौँ, के भनौँ, सोच्छु, बिहान त लगाए जस्तो लाग्छ, फेरि सोच्छु पक्कै पनि मञ्जुला कहाँ छुट्यो होला ।

साच्चै हो, मञ्जुला कहाँ म प्रायः सबै कपडा फुकाल्छु । केवल अन्डरवयर सिवाय । त्यो पनि ऐन मौकामा खोल्छु । अझ स्पष्ट भनौँ, मञ्जुला मेरी गर्लफ्रेण्ड हुन् । श्रीमती बितेको छ वर्ष भयो । तीन वर्ष भयो उनीसित मेरो भेट भएको । तीन वर्ष कसरी बिते ? तर पछिल्ला तीन वर्ष भने उनीसँग पीडा दबाएर खुसी साट्ने अवस्थामा पुगेँ । अर्थात् जीवनमा आफूलाई पुग्ने खुसी उनीबाट पाए जस्तो लाग्छ । अर्थात् यसरी नै जीवन चल्यो भने कोही कसैसँग कुनै गुनासो रहन्न जस्तो लाग्छ ।
हुन त श्रीमतीको मृत्यु मेरा लागि जीवनभर ताजा रहिरहने घाउ हो । सधैँ आलै हुने र चहराइरहने घाउ । तर, जुन समयले घाउलाई आलो बनाउँछ, त्यही समयले मलमको चाँजोपाँजो पनि गर्दोरहेछ । त्यही मलम बनेकी छन् मञ्जुला । उनी भन्दा नजिकको मान्छे यो दुनियाँमा अर्को छैन जस्तो लाग्छ, लागिरहेछ ।

म पनि एक्लै, उनी पनि एक्लै रहिछिन् । बीस वर्ष अघि प्रेमीले धोका दिएपछि विवाहसँग बिच्किएकी, विरक्तिएकी । कोही कसैसँग फेरि नजोडिएकी । उनले भने अनुसार आजकल पहिले गरेको निर्णय गल्ती लागेछ । झन् बुढेसकाल आउँदा कति समस्या आउँलान् । त्यसैले विवाह गर्न पाए हुन्थ्यो भन्ने मनसाय गरेकी रहिछिन् ।

…माग्न त धेरै आएका थिए । फूल भएको ठाउँमा भमरा आउने नै भए तर कसैलाई स्वीकार्न मन लागेन । तपाईंसँग भेट भएपछि भने म मोहनी लाए जस्ती भएँ ।Ú उनले भनेकी थिइन् ।
…के त्यस्तो गुण देख्नुभयो त मसँग ? म त संसारकै नराम्रो मान्छे जस्तो लाग्छ ।Ú मैले उनका आँखासँग एक लर्को आँखा मिलाएर भनेको थिएँ ।
उनले मेरो बोली खस्न नपाउँदै भनिन्, …मान्छे को पो राम्रो हुन्छ र ? सबभन्दा ठूलो उसको मन हो, राम्रो हुनुपर्ने । त्यो तपाईंमा पाएँ ।Ú

उनको कुरा सुनेर म किन–किन मख्ख भएँ ।
फेरि उनले भनिन्, …अर्को कुरा गौरी भाउजूले भन्नुएको, तपाईं जाड, रक्सी, चुरोट, खैनी केही खानु हुँदोरहेन्छ । त्यस्तो मान्छे अहिले कहाँ पाइन्छ ?Ú
उनले मेरो प्रशंसा गरेर मन पराएपछि मैले पनि उनलाई विना शर्त मन पराएछु, मानौँ प्राणीको नियम अनुसार, एउटा प्राणीले अर्को प्राणीलाई मन पराएर माया व्यक्त गर्छ भने अर्काले पनि त्यसै गर्छ ।
हामी धेरै दिनसम्म लामा–लामा कुरा गर्न थाल्यौँ । ती कुराकानीमा जीवनको भोगाइदेखि एक अर्काका मन पराइसम्म अनि यसभन्दा पहिला नभेटिनुमा पश्चाताप व्यक्त गर्दथ्यौँ । एक आपसमा अत्यन्त निकट रहेर खुल्दथ्यौँ । भौतिक रुपमा निकट हुँदा त यो पो जिन्दगी, यो पो स्वर्ग भन्ने आभाष हुन्थ्यो ।

सधैँ जसरी आज पनि भेट भएको थियो । उनले मलाई मन पर्ने खिर बनाउँछु भनेकी थिइन् । मैले पनि काजुलगायतका किसमिस लगेको थिएँ । उनी मेक्सी लगाएर नुहाएको कपाल एउटा पछ्यौराले बाँधेर तरकारी काटिरहेकी थिइन् । म भित्र पस्ने बित्तिकै झुकेर नमस्कार गरिन् । मैले पनि नमस्कार फर्काएँ र खाटमा बसेँ । …एकछिन पछि खाउँला, ढोका लाऊन ।Ú मैले भूमिका नबाँधिकन भनेँ ।
उनले मतर्फ पुलुक्क हेरेर भनिन्, …हतार भएकै हो र ?Ú
…त्यो त तिम्ले बुझ्ने कुरा हो नि ÛÚ मैले जुत्ता फुकाल्दै भनेँ र मोजा फुकाएर खाटमा बसेँ । उनले तरकारी काटी सकेर प्रेमिल भइन् । गर्मी भए पनि छुट्न नपाए हुन्थ्यो जसरी अङ्गालिन । केही क्षणपछि ढोका खोलिन् । एउटा नवीन मुस्कान दिएर पकाउन थालिन् । म नुहाएर कौशीमा टहलिएँ ।

…कति छिटो पकाइसकेकी ।Ú
…अब खाऊ हैÚ उनले मृगनयनी आँखाले अपलक हेर्दै भनिन् ।
…हुन्छ, यही खान बाँकी त रह्यो नि अब ।Ú मैले उनीसित आँखा जुधाउँदै भनेँ ।
…फेरि पनि खानु होला क्यारे नि, यत्तिकैमा चित्त बुझाएर के चुपचाप बस्नुहोला र ?Ú उनले हाँस्दै निर्छलो प्रकारले भनिन् ।
खिर, तरकारी र खुसी मिसाएर बडो स्वादिष्ट तबरले खाइयो । थपी–थपी खाइयो, …भो–भो पेट चस्कियोÚ भन्दा पनि अहिले घट्छ भनेर मुसुक्क हाँसिन् । म पनि हाँसे । अनि भाँडाकुडा त्यत्तिकै छाडिन् । अहिले माझौँला भनेर । ट्वाइलेट गइन् ।, म भने खाना खाएपछिको ज्वाइँसाहेब बनेर बिस्तारामा पल्टेको थिएँ ।

केही क्षण निदाएँछु । त्यतिञ्जेल उनले भाँडा माँझिछन् । उनी नजिक आइन् । विना कुुनै संवाद बुझे जसरी शरीर सुम्पिन् । उनको त्यो सद्व्यवहार मलाई खुब मन प¥यो ।
…अब जान्छु ।Ú मैले सर्ट लगाउँदै भनेँ ।
…पख्नोस् न कस्तो गर्मी छ ।Ú
…यहाँ त के शितल छ र । माथि टिनको छानो, छेऊमा तिमी । घर मै जानु ठीक होला ।Ú
त्यसपछि म आएँ । मेरो विचारमा जनै मञ्जुला कहाँ छोडियो । मलाई शतप्रतिशत याद छ, मैले जनै लगाएर गएको हो, नत्र अन्त कहाँ छुट्यो त, त्यही पनि जनै जस्तो कुरा । भित्री बस्त्र हाफ भेष्ट भित्र लगाइने जिनिश । यसरी लागेको कुरा आमालाई भन्न मिल्ने कुरो पनि थिएन ।

चुपचाप पंखा खोलेर खाटमा सुतेँ । मोवाइलमा म्यासेजको आवाज आयो । हेरेँ, …जनै त यही छोडिएछ बुढा ÛÚ
…जनै काण्ड घटिसक्यो अब छोड्देऊÚ मैले प्रतिउत्तर दिएँ ।
…कस्तो काण्ड ?Ú
मैले थप केही भनिन् । यत्ति भनेँ, …पछि भनौँला ।Ú