मुख्य समाचार

लुक्ला जहाज दुर्घटनामा ३ को मृत्यु

लुक्लाबाट रामेछापका लागि उडान भर्दै गरेको समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भउको छ । विमान रनवेबाट करिब २ सय मिटर अगाडि पुगिसकेको विमान हेलिप्याडतर्फ चिप्लिएर दुर्घटना भएको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनास्थलमै २ जना र उपचारको क्रममा थप १ जनाको ज्यान गएको हो । अन्य ३ को भने उपचार भइरहेको छ। विमानमा रहेकी एयरहोस्टेस भने सामान्य घाइते छिन् । त्यस्तै, समिट एयर र मनाङ एयरका… पुरा पढौ

सरकारले समय मागेपछि चिकित्सकहरू काममा फर्किने

सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै ९ दिनदेखि आन्दोलनरत चिकित्कसकले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । समायोजन गर्दा सम्पूर्ण चिकित्सकको दरवन्दी संघअन्तर्गत राख्नुपर्ने माग राखेर आकस्मिकबाहेकका सेवा ठप्प पारेका सरकारी चिकित्सकहरू आज आइतबारदेखि काममा फर्किर्ने भएका हुन् । शनिबार भएको सरकार र सरकारी चिकित्सकबीचको वार्तमा सरकारले माग पूरा गर्न समय मागे गरेपछि आन्दोलन स्थगित गर्न तयार रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । आन्दोलन स्थगनको औपचारिक घोषणा गर्नुपूर्व… पुरा पढौ

विक्रम संवत् २०७६ कस्तो रहला ?

नेपाली पात्रोअनुसार, विक्रम संवत् २ हजार ७६ (२०७६) साल प्रारम्भ भएका अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी आज नयाँ वर्ष (वैशाख १ गते) उत्साह र उमंगका साथ मनाइँदैछ । नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । सरकारले नयाँ वर्षको उपलक्ष्यमा… पुरा पढौ

विवाद पार्टी भित्रै राखौं : तुलाधर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चको २०७६ सालको क्यालेण्डर विमोचन, शुभकामना आदान–प्रदान तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका लागि धादिङबाट उच्च तहका आधा दर्जन नेता पोखरा आएएका थिए । तर नेतृत्व तहमै रहेका नेता भूमी त्रिपाठी र शालिकराम जमरकट्टेल भने सहभागी थिएनन् । उनीहरू कास्कीको जनसम्पर्क मञ्च र गतिविधिप्रति रुष्ट भएको बताइन्छ । केही अघि भएको २ संगठनबीच एकताप्रति उनीहरुले आपत्ति प्रकट गरेका थिए । उनीहरुकै… पुरा पढौ

भानुभक्तको गाउँमा पाहुनालाई माटो उपहार !

‘पर्यटनको लागि साहित्य, साहित्यको लागि पर्यटन’ मूल नाराका साथ गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आज भानु नगरपालिका–४ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलनको आयोजना गरेको छ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वमाझ परिचित गराउने उद्देश्यले आयोजना गरिएको सो कवि सम्मेलनमा विभिन्न देशबाट आएका कविले आआफ्नो कविता सुनाएका छन् । सम्मेलनमा चीनबाट आएका लि वाङ, म्यान्माबाट आएका अमित घिमिरे, भारतको सिलगुडीबाट आएका सुकराज दियाले, भारतको जयगाउँबाट आएका दुर्गा… पुरा पढौ

नेपाली कांग्रेसद्धारा राजमार्ग बन्द !

सिन्धुली काँग्रेसले विपी राजमार्ग बन्द गरेको छ । नेपाली काँग्रेस सिन्धुली शाखाले गाउँपालिकाको अध्यक्षमाथि हातपात भएको मुद्दामा प्रहरीले दोषीलाई कारबाही नगरेको आरोप लगाउँदै राजमार्ग बन्द गराएको हो ।  काँग्रेस सिन्धुलीका अनुसार तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेपनि उनीहरुलाई राती नै उन्मुक्ति दिएको आरोप लगाएको छ । काँग्रेस कार्यकर्ताहरुको प्रदर्शनका कारण राजमार्ग सहित सिन्धुलीका अन्य सडकहरुमा समेत सवारी चल्न सकेनन् । काँग्रेसका कार्यकर्ताहरुले विभिन्न स्थानमा टायर बालेर… पुरा पढौ

मलद्वारबाट निस्कियो ३ किलो सुन

शरीरमा केही नभेटिएका ३ चिनियाँ भन्सारमा शंकाको दायरामा परे । चीनको कुनमिङबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजबाट उनीहरु आएका थिए । बिहीबार साँझ आइपुगेका उनीहरुलाई मेटल डिटेक्टरले जाँच्दा उनीहरुले केही लुकाइरहेको संकेत मिल्यो । छाम्दा केही नपाएपछि उनीहरुको होलबडी स्क्यानिङ गरियो । केएसी अस्पतालमा एक्सरे गरेपछि उनीहरुको मलद्वारमा विस्कुट आकारको धातु देखिन्छ। दिसा लाग्ने औषधि खुवाएर दिसा गर्दा उनीहरुको मलद्धारबाट सुन निस्कियो । दुईबाट एक एक किलो र… पुरा पढौ

अटेरी जुनियर इन्जिनियरलाई महानगरको कारवाही

पोखरा महानगरपालिकाका जुनियर इन्जिनियर झपटबहादुर थापालाई महानगरपालिकाले कारवाही गरेको छ । महानगरपालिकाले उनको हाजिरी बन्द गरिदिएको छ भने उनी अब कुनै पनि पदमा नरहेको जनाएको छ । महानगरपालिकाले मातहतका प्राविधिकहरुको जिम्मेवारी हेरफेर गरेको र विभिन्न वडामा प्राविधिकलाई कार्यविभाजन गरेको थियो । सोहीअनुरुप महानगरपालिकाले झपट थापालाई वडा नं ३ को वडा कार्यालयमा पठाएको थियो । थापाले वडा कार्यालय नजाने र आफु महानगरपालिकामै रहेर काम गर्ने भन्दै वडामा उपस्थीत नभएपछि उनलाई महानगरपालिकाले… पुरा पढौ

‘पूर्वराजा’ को गाडीले ठक्कर दिंदा १ को मृत्यु, १ घाइते

 पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट एकको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।  गए राति पूर्व राजा ज्ञानेन्द्र शाहलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको… पुरा पढौ

हावाहुरी पीडितलाई धादिङ समाजको राहत

धादिङ–पोखरा सम्पर्क समाजको अगुवाईमा बाराको फेटा गाउँपालिमा–१ भलबलियाबा हावाहुरी पीडितलाई राहत प्रदान गरिएको छ । राहत रकम २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ छ । धादिङ समाजसंगै गण्डकी मिजार समाज पोखरा–२६, लेखनाथ आपतकालिन राहतकोष, निर्माण व्यवसायी समिति पोखरा–२९ र पोखरा सस्तो बजारले फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादलाई संयुक्तरुपमा राहत रकमको चेक हस्तान्तरण गरेको हो । समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको नेतृत्वमा १६ जनाको टोली बाराको फेटा गाउँपालिकामै पुगेर राहत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं