मुख्य समाचार

जीवन-मरणको दोसाँधमा ‘सन्तु’

माया पिरती र अध्ययन/रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया १ युवती मृत्युसँग जुधिरहेकी छन् । फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति र अदृश्य शक्तिसँग पुकारा गरिरहेकी छन् । म्याग्दीको बेनी नगरपालिका-२, गौश्वाराकी सन्तु अहिले जीवनमरणको दोसाँधमा अस्पतालको श्ययामा छट्पटाइरहेकी छन् । २ वर्षअघि मुटुमा प्वाल परेर शल्यक्रिया गरेपछि केही समय हाँस्दै, मुस्कुराउँदै भविष्यको सपना देखेकी यी युवतीको… पुरा पढौ

भारतको लोकसभा चुनाव : को बलियो ?

भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हुँदैछ। निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ। निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ। तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन। तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन्। उनले अघिल्लो चुनावमा अघि सारेका कामहरुको लेखाजोखा गर्दैछन्। पहिलो निर्वाचनमा मानौँ कि भारतीय… पुरा पढौ

उच्च अदालतका न्यायाधीशद्धारा सपथ ग्रहण

उच्च अदालतका १८ जना न्यायाधीशले बुधवार पद तथा गोपनियताको सपथ लिएका छन् । न्यायपरिषदबाट सिफारिस भएका न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा उच्च अदालतका पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सपथग्रहण गराएका हुन् । सपथग्रहण गर्नेमा किरण पौडेल, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल छन् । त्यस्तै निलम पौडेल, राजेशकुमार काफ्ले,लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मद जुने आजाद, बालमुकुन्द दुवाडी, नागेन्द्रलाल कर्णले पनि सपथ ग्रहण गरेका छन् । उनीहरु जिल्ला न्यायाधीशबाट बढुवा भएका हुन्… पुरा पढौ

प्रहरी, प्रशासनबिनाको सरकार हुन्छ ?

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले केन्द्रीय सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको विषयमा संसदमा पेश गरेको विधेयकलाई संसोधन गर्न माग गरेका छन् । विधेयक जस्ताको तस्तै पास भए प्रदेश र स्थानीय सरकारले कानून बनाउन नपर्ने भन्दै उनले उक्त विधेयक संसोधन गर्न माग गरेका हुन् । आफ्नै प्रहरी प्रशासन विनाको सरकार सरकार हुन नसक्ने उनको प्रष्टोक्ति छ । संविधानले नै दिएको अधिकार कटौति… पुरा पढौ

५ वर्षमा सबै सुकुम्वासीलाई लालपूर्जा !

गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले अबको ५ वर्षमा सबै सुकुम्वासीले स्थायी वासको लागि लालपुर्जा भएको जग्गा पाउने बताएकी छन् । उनले भूमिहीन जनताले ५ वर्ष भित्रै लालपुर्जा पाउने गरी सरकारले कार्य गरिरहेको जानकारी दिइन् । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीद्वारा आयोजित एक कार्यक्रममा उनले धेरै आन्दोलन गरेर जनताले खोजेको शासन आएको भन्दै अब जुलुस निकाल्ने, टायर बाल्ने जस्ता कुनै पनि सरकार विरोधी कार्यमा लाग्न नपर्ने स्पष्ट पारिन् । उनले पटक–पटक… पुरा पढौ

ओलीको ज्यादतिमा प्रचण्ड साक्षी !

गत मंसिर २९ देखि पुस १३ गतेसम्म चलेको नेकपा स्थायी कमिटीको बैठकमा पार्टी सचिवालय सदस्य वामदेव गौतमले केपी शर्मा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकाले पार्टी अध्यक्षको जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइनुपर्ने बताएका थिए, लिखित रूपमै । सैद्धान्तिक रूपमा १ व्यक्ति १ पदबारे माधवकुमार नेपाल समूह वामदेवकै पक्षमा भए पनि कसैले मुख खोल्न तयार भएनन् । पूर्वमाओवादी केन्द्रले वामदेवको प्रस्ताव नरुचाउने कुरै भएन । तथापि त्यतिबेला वामदेवलाई साथ दिने… पुरा पढौ

एनसेलले कर नतिरेसम्म नाफा लैजान नपाउने

सर्वोच्च अदालतले एनसेल खरिद बिक्री प्रकरणको लाभकर तीन महिनाभित्र असुल गर्न निर्देशनात्मक आदेशसहितको फैसलाको पूर्णपाठ तयार पारेको छ । सर्वोच्चले मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन आदेश दिएको हो । सरकारलाई निदृष्ट गरेको लाभकर चुक्ता नगरेसम्म लाभांस वितरण र सेयर बिक्रीको अनुमति दिन समेत रोक लगाउने फैसला सर्वोच्चले गरेको छ । प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर राणा, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत… पुरा पढौ

जुगल हिमालमा पहिलो मानव पाइला, त्यो पनि चेलीद्धारा

मायाँ गुरुङले नेतृत्व गरेको सिन्धुपाल्चोकको आरोहण दलले पहिलो पटक जुगल हिमालमा पहिलो पाइला टेक्न सफल भएको छ। जुगल हिमालका ७ शिखरमध्ये शर्मिला थापा, प्रेम गुरुङ मिलन तामाङ सहितको आरोहण दलले ६ हजार १ सय ५१ मिटर अग्लो सो शिखर आरोहण गरेका हो। आरोहण दलमा सिन्धुपाल्चोकका पूर्व सांसद सुवाष कर्माचार्य र सिन्धुपाल्चोकका नेकपा माधव सापकोटा (सुबोध) पनि सहभागी थिए। तर, उनीहरुको स्वास्थ्यमा समस्या आएपछि अस्तिकै दिन आरोहणयात्रा बीचैमा छाडेर फर्कन बाध्य… पुरा पढौ

चैत २६ को त्यो दिन ! किन भुल्यौं हामीले ?

२०६२-६३ को जनआन्दोलनसम्म निकै सम्झनामा रहेको चैत २६ को दिन बिस्तारै विस्मृतितिर धकेलिँदै गइरहेको छ ।  २०४६ साल चैत २६ गते तत्कालीन राजा वीरेन्द्र शाहले जनतालाई बहुदलसहितको प्रजातन्त्र दिएका थिए । लामो समयसम्म तत्कालीन दलहरुले गरेको जनआन्दोलनपछि मुलुकले बहुदल पाएको थियो ।  वीरेन्द्रले राजसंस्था नै खतरामा पर्न सक्ने देखेपछि बहुदल स्वीकारेका थिए । तर वीरेन्द्रको वंश नै नाश हुने गरी २०५८ जेठमा दरबार हत्याकाण्ड भएपछि एकाएक माहोल बदलियो ।  पूर्वराजा… पुरा पढौ

पोखरामा पानी पर्ने प्रणाली पूर्वतर्फ सर्दै !

पश्चिमी वायुको प्रभावले आज (मंगलबार) बिहानैदेखि पोखरासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वी क्षेत्रका धेरै र पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र हुरीबतास सहित यतिबेला पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरा आसपासको क्षेत्रबाट विकास भएको पानी पार्ने प्रणाली पूर्वतर्फ सर्दै गएको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । पोखरामा बिहान ९ बजेदेखि मेघ गर्जनसहित पानी परेको छ । पोखरामा अधिक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं