लुक्ला जहाज दुर्घटनामा ३ को मृत्यु

लुक्लाबाट रामेछापका लागि उडान भर्दै गरेको समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भउको छ ।

विमान रनवेबाट करिब २ सय मिटर अगाडि पुगिसकेको विमान हेलिप्याडतर्फ चिप्लिएर दुर्घटना भएको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनास्थलमै २ जना र उपचारको क्रममा थप १ जनाको ज्यान गएको हो ।

अन्य ३ को भने उपचार भइरहेको छ। विमानमा रहेकी एयरहोस्टेस भने सामान्य घाइते छिन् । त्यस्तै, समिट एयर र मनाङ एयरका एक एक पाइलट भने गम्भीर घाइते भएका छन्।

कार्यालयले उपचारका लागि काठमाडौं पठाएका ४ जना घाइतेमध्ये एक जनाको मृत्यु भएको हो । तीन जनाको भने उपचार भइरहेको छ।

विमानले हेलिप्याडका पार्किङ गरिरेहको मनाङ एयर र श्री एयरको विमानलाई ठक्कर दिएको थियो। दुर्घटनाबाट विमान र मनाङ एयरको हेलिकोप्टर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने श्री एयरको हेलिकोप्टरमा सामान्य क्षति पुगेको छ ।