कास्की जिल्ला अदालतले व्यवसायी विपिन (विपेन्द्र) बतासलाई मंगलबार पक्राउ पुर्जी जारी गरेको छ ।
विपेन्द्रले आफूहरुलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी गरेको दाबीसहित पोखरा ६ का जनकराज श्रेष्ठ र दालप्रसाद श्रेष्ठले कास्की प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा सोमबार जाहेरी दर्ता भएपछि मंगलबार अदालतले पुर्जी जारी गरेको हो ।
बतासले हालेको साइबर अपराध मुद्दामा पत्रकार अर्जुन गिरीलाई ३ दिन म्याद थप गरी सिआइबीले अनुसन्धान गरिरहेको छ ।






