चौधरी ग्रुपको उद्योगमा बम बिस्फोट भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बिहीबार आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा विस्फोट भएको हो ।
अज्ञात समुहद्वारा नवलपरासी ९सुस्ता पुर्ब० को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा बम बिस्फोट गरेको हो । बम बिस्फोट कसले गरायो भन्ने यकिन हुन सकेको छैन ।
बोतलमा राखेको सामन्य बिस्फोटक पदार्थ बारुद बिस्फोट भएको बताईएको छ । उद्योग अगाडी गार्ड रहने गेट भन्दा करिब ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको डिएसपी रमेश थापाले जानकारी दिए । बिस्फोटबाट कुनै क्षति भने भएको छैन ।






