गिरीलाई साइबर क्राइमबिरुद्ध पत्रकारहरु आन्दोलित

- अर्जुन गिरीलाई ३ दिन म्याद थपियो, पक्राउ पुर्जी जारी नगर्न माग गर्दै बतास उच्च अदालतमा

राज्यका सम्बन्धित निकायमा दर्ता भएका सञ्चार संस्थामै प्रकाशन भएको समाचारका कारण पत्रकारले साइबर अपराध मुद्दा झेल्नुपरेको छ । कास्कीबाट प्रकाशन हुने ताण्डव साप्ताहिक र ताण्डनन्युज डटकमका सम्पादक अर्जुन गिरीलाई साइबर अपराधमा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरेको छ ।

सोमबार सिआइबीले पोखराबाट काठमाडौं लगेका गिरीलाई मंगलबार अदालतले म्याद थप गरेको हो । बिरामी गिरीलाई सिआइबीकै नियन्त्रणमा रहने गरी अस्पताल भर्ना गरिएको छ ।

पोखराका व्यवसायी विपेन्द्र बतासले ठगी गरेको लेखेका लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो । सिआइबीले अनलाइन नै दर्ता नगरी चलाएको भनी मुद्दा दायर गरे पनि उनका पत्रिका र अनलाइन दुवै दर्ता छन् ।

मंगलबार प्रक्रिया पु¥याएर गिरीलाई रिहा गरिने अपेक्षा गरेका पत्रकार ३ दिन म्याद थप भएपछि आन्दोलित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा मंगलबार जिल्ला प्रशासन र प्रहरी कार्यालय अगाडि पत्रकारले धर्ना दिएका छन् ।

बुधबार पोखराबाट सञ्चालन हुने सञ्चार माध्यमले सामूहिक विरोध जनाउने भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले विरोधका कार्यक्रम तय गरेको हो । महासंघको आग्रहमा पत्रिकाहरुले सम्पादकीय कोलममा कालो पोतेका छन् भने टेलिभिजन र रेडियोले बिहान ६ बजे ९० सेकेन्ड प्रसारण रोक्नेछन् । यहाँका अनलाइनले कालो ब्यानर राखेका छन् ।

व्यवसायी विपेन्द्र जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार ठगी उजुरी दर्ता भएको थियो । मंगलबार जिल्ला अदालत कास्कीले विपेन्द्रलाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी हुने बित्तिकै ै विपेन्द्रले उच्च अदालत पोखरामा परमादेशसहितको आदेश माग गर्दै रिट दायर गरेका छन् ।