बलात्कार आरोपी सुन्दर कुमार श्रेष्ठ धरौटीमा छुटे

१६ वर्षीय किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेको पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत कास्कीले बुधबार उनलाई ५ लाख रुपैयाँ धरौटी लिएर उनलाई छाडेको हो । अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजालसले श्रेष्ठलाई धरौटी लिएर छाड्न आदेश दिएको हो ।

यौन दुव्र्यवहारको आरोपमा उनीसंगै पक्राउ परेका एनआइसी एशिया बैंकका शाखा प्रमुख सुवास सुवेदी यसअघि नै धरौटीमा छुटेका थिए । श्रेष्ठ र सुवेदी चैत ८ गते पक्राउ परेका थिए ।