प्रकाण्डले पाए पार्टीको मध्य कमाण्ड जिम्मेवारी

विप्लव नेतृत्वको नेकपाका प्रवक्त खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले मध्य कमाण्ड इन्चार्जको जिम्मेवारी पाएका छन् ।

सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’चैत पहिलो साता काभ्रेबाट पक्राउ परेसँगै पार्टीले प्रकाण्डलाई जिम्मेवारी दिएको हो ।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् ।उनको पार्टीमा विप्लव र प्रकाण्डपछि दोस्रो वरियता रहेको छ ।

यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन ।


प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको भएपनि विप्लवले त्यसको विज्ञप्तिमार्फत खण्डन गरेका थिए ।