पत्रकार उज्जवल जंग शाहमाथि सांघातिक हमला

कोर्पोरेट खबरका सम्पादक उज्जवल जंग शाहमाथि काठमाडौं मल परिसरमा सांघातिक आक्रमण भएको छ । मलस्थित फेसियल हाउसबाट घर फर्कन लागेका शाह माथि प्रकाश कुमार श्रेष्ठसहित ८/९ जनाको समूहमा रहेको १ टोलीले आक्रमण गरेको जानकारी शाहले दिए ।

आक्रमणबाट उनको शरीरमा चोट पटक लागेको छ । शाहको हाल नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

शाहले काठमाडौं मलमा आर्थिक अपचलन भएको बिषयलाई जोडदार रुपमा उठाउँदै आएका थिए । शाह माथि संघातिक हमला हुँदा समेत आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गर्नुको सट्टा उल्टो संरक्षण गरेको सम्पादक शाहकी पत्नी सुश्मा महराले बताईन ।

हमला गर्ने समुहका केहीले मादक पद्धार्थ सेवन गरेको उनको भनाई छ । ‘आक्रमणमा उत्रिएकालाई प्रहरीले मापसे चेकजाच गर्नुपर्नेमा विना प्रकृया उनीहरुलाई छाडिनु शंकास्पद रहेको छ’, महराले भनिन । प्रहरी र पिडक बिचको मिलोमतोमा नै शाहमाथि आक्रमण भएको उनको दावी छ ।