पत्रकार गिरी साधारण तारेखमा रिहा

पोखराका व्यवसायी विपेन्द्र बतासले ठगी गरेको समाचार लेखेकै आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहाई भएका छन् । सिआइबीले उनलाई पक्राउ गरेर साइबर क्राइम अन्तर्गत मुद्धा चलाएको थियो ।

सिआइबीले अनलाइन नै दर्ता नगरी चलाएको भनी मुद्दा दायर गरे पनि उनका पत्रिका र अनलाइन दुवै दर्ता थिए ।

ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा रिहा गरेपछि पत्रकारिता क्षेत्रको जीत भएको छ । गिरी पक्राउ परेपछि देशभरका पत्रकार आन्दोलनमा थिए ।