अर्जुन रिहा, दफा ४७ र ४८ खारेज नभएसम्म आन्दोलन जारी

समाचार लेखेकै कारण साइबर अपराध मुद्दामा गिरफ्तार परेका पत्रकार अर्जुन गिरी बिहीबार रिहा भए । उनी रिहा भए पनि विद्युतीय कारोवार ऐनका दफा ४७ र ४८ खारेज नभएसम्म आन्दोलन जारी राख्ने नेपाल पत्रकार महासंघले जनाएको छ ।

पत्रकार पक्राउको बिरोधमा देशभरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । नेपाल पत्रकार महासंघको आह्रवान र अगुवाईमा देशभरका पत्रकारहरुले विहिबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।

गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए । पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए । प्रहरीकोमा जाहेरी दिएका पहारीले २ करोड २५ लाख र मनोज श्रेष्ठले २ करोड ९८ लाख ठगी गरेको दाबी पेस गरेका छन् ।

त्यही समाचार लेखेको भन्दै बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए । त्यही मुद्दाका आधारमा सम्पादक गिरीलाई २ वैशाखमा पक्राउ गरिएको थियो ।

सम्पादक गिरीको अनलाइन ‘ताण्डवन्युज डटकम’ प्रेस काउन्सिल नेपालमा दर्ता नभएको गलत सूचना दिएपछि सिआइबीले मुद्दा दर्ता गरेको थियो । गलत सूचना गएको स्वीकार गर्दै काउन्सिलले माफी समेत मागेको छ । गलत सूचना गएको स्वीकार गर्दै काउन्सिलले माफी समेत मागेको छ ।