ऋणीसँग घुस लिन खाता नै रोक्का !

सरकारी निकायमा काम गराउँदा घुस दिन् परेको समाचार नयाँ हैनन् । तर ऋण लिदा पनि घुस दिनुपर्ने अवस्था पनि आएको छ ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय, बर्दघाट, नवलपरासी ९बर्दघाट(सुस्ता पश्चिम० मा कार्यरत कनिष्ट सहायक अन्चल सुनारले यस्तो हर्कत गरेका छन् । राष्ट्रसेवक कर्जाबापत सेवाग्राहीको खातामा निकासा भएको रकम निकाल्न नमिल्ने गरी रोक्का राखी उक्त खाता खोल्ने प्रयोजनक लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सुनारलाई सेवाग्राहीसँग १० हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । सेवाग्राहीको खातामा निकासा भएको स्वीकृत कर्जा निकाल्न नमिल्ने गरी आफूखुसी रोक्का राखी कर्जा निकाल्न मिलाईदिने भनी सुनारले रकम मागेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।