नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले अब नेता हेर्ने हैन, पार्टीलाई वलियो वनाएर अगाडि वढाउन सक्ने नेतृत्व आवश्यक भएकोमा जोड दिएका छन् । उनले नेता भन्दा पनि पार्टीलाई केन्द्रबिन्दुमा राखेर वढ्न जरुरी भएको बताइन् ।
उनले भनिन्–यतिवेला नेपाली काँग्रेस निकै कमजोर अवस्थामा छ, काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न पनि सकेको छैन, यही अवस्था रहने हो भने अर्को निर्वाचनमा कााग्रेसले देशैभरीवाट दश सीट पनि जित्न सक्दैन ।
नेतृत्व गर्ने व्यक्तिको अभाव र पुरानै मानशिकताकै कारण काँग्रेस कमजोर भएको उनको भनाइ छ । प्रेस युनियन कास्कीले आइतवार पोखरामा आयोजित पत्रकार भेटघाटमा कोइरालाले
आउदो १४ औं राष्ट्रिय महाधिवेशनबाट जुझारु र युवा नेतृत्व ल्याउन जरुरी भएको बताइन् ।
चालीस बर्षदेखि एउटा अनुहार भएका नेताले पार्टी सशक्त नहुने बताउँदै उनले महाधिवेशनले युवा नेतृत्व छान्नु पर्नेमा जोड दिइन् । उनले भनिन्, गिरीजाको मृत्यु पछि काँग्रेस तहसनहस भएको छ ।






