सोमबार एकता प्रक्रिया टुङ्गाउन नेकपालाई आज पनि भ्याईनभ्याई

करिव एक वर्षदेखि लम्बिएको नेपाल कम्युष्टि पार्टीको एकता प्रकृया भोली टुङ्गाउन नेकपालाई आज पनि भ्याईनभ्याई भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसका दिन एकता गर्ने भएकोले आज नेकपा अन्तिम कसरतमा जुटेको हो ।

जिल्ला कमिटीका अध्यक्ष र सचिव,पोलिटव्यूरो लगायतका कमिटीको नाम टुंगो लगाउन आज पनि शीर्ष नेताबीच छलफल जारी रहेको छ।

स्थापना दिवसको अवसरमा पार्टी एकता प्रक्रिया टुङ्गाएको घोषणा गर्न भोली बिहानसम्म केन्द्रिय सचिवालयको बैठक बसेर अन्तिम रुप दिइने नेकपा स्रोत जानकारी दिएको छ।

जिल्ला तहको एकताका लागि तत्कालीन एमालेभित्र ओली र नेपाल पक्षबीचमा नेतृत्व टकरावका कारण एकता प्रक्रियाले गति लिन सकेको थिएन। पार्टी एकता सम्बन्धित कमिटी–कमिटी बीचको एकता भएकाले निश्चित विधि बनाई गर्नुपर्ने अडानमा वरिष्ठ नेता माधव नेपाल रहेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल नेपाल पक्षलाई सहमतिमै लिएर एकता टुंगो लगाउने तयारीमा जुटेका थिए।

नेकपाभित्र ७७ जिल्लामध्ये एकता क्रममा ४५ पूर्वएमाले र ३२ जिल्लाको अध्यक्ष पूर्वमाओवादीले लिने गरि भागबन्डामा सहमति भइसकेको छ।