विष्णु पौडेलको नाममा कांग्रेसले छर्‍यो पर्चा


बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरिएको छ ।

नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो ।

पौडेललाई कारबाही हुनु पर्ने भनेर पर्चा छरिएको नगर सभापति पाण्डेले बताए । नेकपा महासचिव पौडेल बुटवल प्रदर्शनी केन्द्रको शिलान्यास गर्न बुटवल पुगेका छन् । नेपाली कांग्रेस प्रदर्शनी केन्द्र निर्माणकै पक्षमा रहेको समेत पाण्डेले स्पष्ट पारे ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं