मुख्य समाचार

मठाधीशको मनोमानी : एक हजार बिघा जग्गा व्यक्तिका नाममा बिक्री

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरको नाममा रहेको झन्डै १ हजार १८४ बिघा जमिनमध्ये १ हजार बिघा जग्गा विभिन्न व्यक्तिका नाममा बिक्री भएको पाइएको छ । सो मन्दिरको मठाधीश रामतपेश्वर दासको प्रत्यक्ष संलग्नतामा जग्गा बिक्री भएको पाइएको हो ।जग्गा बिक्री सम्बन्धमा हालसम्म पाँचवटा आयोग तथा समितिले छानबिन गरी प्रतिवेदनसमेत पेस गरिसकेको छ । प्राप्त प्रतिवेदनका अनुसार हाल मन्दिरको नाममा सय बिघाभन्दा कम मात्र जग्गा रहेको छ । यसका साथै महन्थको जिम्मामा रहने… पुरा पढौ

कांग्रेस सभापति देउवा भन्छन्, ‘अन्तिममा वाक्क भएर राजतन्त्रलाई गेटआउट’

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र फाल्नु परेको बताएका छन् । काङ्ग्रेसको प्रारम्भको सिद्धान्तअनुसार राजतन्त्र र प्रजातन्त्रलाई सँगै लैजाने कोशिश गरेको अवगत गराउँदै उनले भने, “विसं २००७ देखि नै नेताहरु विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला सबैले प्रजातन्त्रसँगै राजतन्त्रलाई लैजान खोजेकै हो, तर राजाले प्रजातन्त्रसँग हिँड्न मानेन । अन्तिममा वाक्व भएर गेटआउट… पुरा पढौ

नेता दिनानाथ शर्मा भन्छन्,’संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भनेर लेखाउने कांग्रेस नेता सिटौला र म हुँ’

राष्ट्रियसभाका सांसद तथा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा दर्ता भए पनि मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गर्न बाँकी रहेको बताएका छन् ।  नेपाल पत्रकार महासंघले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको बारेमा मंगलबार सांसदहरुसंग छलफलमा सो कुरा बताएका हुन् । उनले मिडिया काउन्सिल विधेयकमा चासो बढेकाले प्रतिपक्ष पार्टीका सांसद, सञ्चार तथा सूचना प्रविधि मन्त्रीलगायत सरोकारवालासंग छलफल गरी सहमतिका आधारमा अघि बढाउने गरी हाललाई उक्त विधेयक रोकिएको बताए… पुरा पढौ

किन भत्काइयो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल ?

पोखरा–१७, रातोपहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल भत्काइएको छ । उक्त पर्खाल मापदण्ड विपरीत रहेको भन्दै स्थानीय जनप्रतिनिधिको अगुवाईमा डोजर लगाएर भत्काइएको हो । मापदण्ड विपरीतको पर्खाल आँफै भत्काउन आग्रह गरिए पनि संग्रहालय प्रशासनले अटेर गरेपछि डोजर लगाएर भत्काउनु परेको बाटो निर्माण समितिका अध्यक्ष दिपक आचार्यले जानकारी दिए । संग्रहालय–दोविल्ला करिब ४.६ किलोमिटर बाटो निर्माणका क्रममा मापदण्ड भित्र परेको मैना विक र प्रकाश दासको घरसमेत भत्काइएको अध्यक्ष आचार्यले बताए । पुरा पढौ

कांग्रेसमा २ गुट छन्, ‘कांग्रेस भएर रुखमा भोट हाल्ने र कांग्रेस भएर अन्यत्रै भोट हाल्ने’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले वर्तमान सरकारले एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । हिमाल पहाड तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाल तरुण दल कास्कीले आयोजना गरेको ‘विपतमा तरुण दल’ विषयक अभिमुखीकरण कार्यक्रममा नेता जोशीले अधिनायकको विरुद्ध तरुण दलले खवरदारी गर्नुपर्ने बताए । ‘वर्तमान सरकारले एकदलीय अधिनायकवाद लाद्नका लागि विभिन्न विषयमा विधेयक दर्ता गराएर कांग्रेसको नाडी छाम्ने काम गरेको छ’, नेता जोशीले भने, ‘सवैलाई अंकुश… पुरा पढौ

सुनकोशी हड्पेर माछापोखरी

प्रदेश सरकारकै स्वीकृति र लगानीमा सिन्धुलीको सुनकोशी गाउँपालिकाले नदी क्षेत्रको जग्गा हड्पेर सहकारी मार्फत माछापालन व्यवसाय थालेको छ । “खेती प्रणालीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने भनेर हामीले धेरै पहिलेदेखि लामा–लामा भाषण त ग¥यौं, तर काम गरेनौं । सिन्धुलीबाट त्यसकै अभ्यास शुरू भएको छ । प्रदेश सरकार सहयोग गर्न तयार छ, तपाईंहरू सहकारी मार्फत ठूला र रोजगारी सिर्जना गर्ने योजना लिएर आउनुस् ।”  प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले २३ पुस २०७५… पुरा पढौ

प्रधानमन्त्री ओली विहिबार भारत जादै

प्रधानमन्त्री केपी शर्मा ओली आगामी विहिबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक मत ल्याएर जित हासिल गरेपछि प्रधानमन्त्रीको रुपमा मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली विहिबार त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीसँग उनकी पत्नीका साथै उच्च तहका अधिकारी सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।मोदीले… पुरा पढौ

कृतिमानधारी सगरमाथा आरोही श्रेष्ठ शुक्रबार पोखारा आउने

एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनि शुक्रबार गृहनगर पोखरा आउने भएका छन् । दुई महिना अगाडी पोखरावाट सगरमाथा आरोहणका लागि निस्किएका श्रेष्ठले गएको ८ गते बुधवार विहान ७ः३० वजे सगरमाथाको टाकुरामा पाईला टेकेर शुक्रबार पोखरा आउन लागेका हुन् । एआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठ आरोहण पश्चात फर्कने क्रममा… पुरा पढौ

अमेरिकी महामहिम राजदूत ¥यान्डी बेरीको ४ दिने मुस्ताङ बसाई

नेपालका लागि अमेरिकी महामहिम राजदुत ¥यान्डी बेरी सोमबार धावनमार्ग हुँदै मुस्ताङ आएका छन् । दुताबास शाखा मार्फत मुस्ताङमा सहयोग भएका गतिबिधि अवलोकन तथा निरीक्षणका लागि पोखराबाट म्याग्दी हुदै मुस्ताङको जोमसोम आईपुगेका हुन् । राजदुत ¥यान्डी बेरी मुस्ताङ आउने क्रममा स्थानीय प्रशासनले पनि सुरक्षा बन्दोबस्त कडा पारेको छ ।राजदुत मुस्ताङ रहन्जेल उनलाई २४ सै घण्टा सुरक्षा प्रदान गर्न गराउन प्रदेश प्रहरी कार्यालयले पत्रचार गरेको हो ।राजदुत बेरी मुस्ताङमा ४ दिन सम्म… पुरा पढौ

करिष्माले पनि छाडिन् बाबुरामको साथ ? अब के गर्लिन् ?

तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइ नेतृत्वको नयाँशक्ति पार्टीले संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेर समाजवादी पार्टी नेपाल नामक नयाँ पार्टी बनाएपछि करिश्माले पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।  आफूले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेको भन्दै करिष्माले लिखित रुपमा दिन बाँकी रहेको बताएकी छिन् । करिष्मा २०७२ सालमा डाक्टर भट्टराइले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गर्ने बेलादेखि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं