ताजा समाचार

जेठ १४ गते २०७६

किन भत्काइयो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल ?

पोखरा–१७, रातोपहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल भत्काइएको छ । उक्त पर्खाल मापदण्ड विपरीत रहेको भन्दै स्थानीय जनप्रतिनिधिको अगुवाईमा डोजर लगाएर भत्काइएको हो ।

मापदण्ड विपरीतको पर्खाल आँफै भत्काउन आग्रह गरिए पनि संग्रहालय प्रशासनले अटेर गरेपछि डोजर लगाएर भत्काउनु परेको बाटो निर्माण समितिका अध्यक्ष दिपक आचार्यले जानकारी दिए ।

संग्रहालय–दोविल्ला करिब ४.६ किलोमिटर बाटो निर्माणका क्रममा मापदण्ड भित्र परेको मैना विक र प्रकाश दासको घरसमेत भत्काइएको अध्यक्ष आचार्यले बताए ।