ताजा समाचार

जेठ १४ गते २०७६

प्रधानमन्त्री ओली विहिबार भारत जादै

प्रधानमन्त्री केपी शर्मा ओली आगामी विहिबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक मत ल्याएर जित हासिल गरेपछि प्रधानमन्त्रीको रुपमा मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली विहिबार त्यसतर्फ जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।प्रधानमन्त्रीसँग उनकी पत्नीका साथै उच्च तहका अधिकारी सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।मोदीले विहिबार हुने आफ्नो शपथ ग्रहण समारोहमा बिमस्टेक राष्ट्रका सबै सदस्य देशहरुलाई निमन्त्रणा गरेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।