ताजा समाचार

जेठ १४ गते २०७६

अमेरिकी महामहिम राजदूत ¥यान्डी बेरीको ४ दिने मुस्ताङ बसाई

नेपालका लागि अमेरिकी महामहिम राजदुत ¥यान्डी बेरी सोमबार धावनमार्ग हुँदै मुस्ताङ आएका छन् । दुताबास शाखा मार्फत मुस्ताङमा सहयोग भएका गतिबिधि अवलोकन तथा निरीक्षणका लागि पोखराबाट म्याग्दी हुदै मुस्ताङको जोमसोम आईपुगेका हुन् ।


राजदुत ¥यान्डी बेरी मुस्ताङ आउने क्रममा स्थानीय प्रशासनले पनि सुरक्षा बन्दोबस्त कडा पारेको छ ।राजदुत मुस्ताङ रहन्जेल उनलाई २४ सै घण्टा सुरक्षा प्रदान गर्न गराउन प्रदेश प्रहरी कार्यालयले पत्रचार गरेको हो ।राजदुत बेरी मुस्ताङमा ४ दिन सम्म कार्यक्रम सहभागी हुने जनाईएको छ ।
बेरीको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।दुताबासद्धारा उपलब्ध मुस्ताङमा सहयोग भएका गतिबिधि समिक्षा गर्ने भनिएपनि उनको भ्रमण कुटनितिक उद्देश्य रहनसक्ने कतिपयको अनुमान छ ।


राजदुत बेरीसहितको टोलीले मुस्ताङको घरपझोङ गाउपालिका १ छैरो तिब्बतीयन शरणार्थी क्याम्पको समेत सोाबार साझनै आउने क्रममा अवलोकन गरे । बेरीले गत फागुन ११ गते परेको अबिरल वर्षाका कारण क्षति भएको छैरो क्याम्प जाने बाटो,स्वास्थ्य चौकी भवन,शौचालय, र स्नानघर लगायतको पनि निरीक्षण गर्न भ्याए । बेरी त्यहाँ करिव १ घण्टा समय बिताए ।अमेरिकन दुताबास शाखाले लामो समय देखि छैरो तिब्बतियन क्याम्पलाई सहयोग गर्दै आईरहेको छ ।क्याम्पको ब्यवस्थापन र दुताबासले पू¥याएको सहयोग उपयोग आदीबारे राजदुत बेरीले छैरो क्याम्पमा जानकारी लिएका हुँन् ।बेरी सोमबार जोमसोममा बास बसेका छन् ।


यस्तै,राजदुत ¥यान्डी बेरी उपल्लो मुस्ताङ जाने कार्यक्रम तय भएको छ ।राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ईजिआरपि)को अवलोकन भ्रमणका लागि राजदुत बेरी उपल्लो मुस्ताङ जाने कार्यक्रम तय भएको हो ।राजदुत बेरीले अमेरिकी सहयोग नियोग अन्तर्गत संञ्चालन भईरहेको ईजिआरपिको प्रगति समिक्षा गर्नेछन् ।दुताबास शाखा मार्फत ईजिआरपि कार्यक्रम अन्तर्गत सहयोग भईरहेको वारागुङ २ पुडाकको जनसेवा आधारभुत बिद्यालयमा १४ गते,लोघेकर दामोदरकुण्ड गाउपालिकाको घमी आधारभुत बिद्यालयमा १५ गते र राष्ट्रिय आधारभुत बिद्यालय लोमान्थाङमा १७ गते अनुमगन गर्ने जनाईएको छ ।

सोही अवसरमा राजदुत बेरीले जेठ १६ गते लोमान्थाङमा त्यहाका स्थानीय जनप्रतिनिधि र शिक्षा शाखा प्रमुखहरु संग अन्तरक्रिया गर्ने तालिका मिलाईएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख टकराज बरालले जानकारी दिए ।मुस्ताङमा अमेरिकी सहयोग नियोग मार्फत सरकारले संञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम ईजिआरपिलाई समूदाय परिचालन,शैक्षिक सामाग्री तथा अभ्यास पुस्तिका र सन्दर्भ सामाग्री लगायतमा सहयोग पू¥याएको हो ।

यस्तै मुस्ताङका ५५ बिद्यालय मध्ये बिद्यार्थी संख्याका आधारमा जिल्लाका १८ वटा बिद्यालयलाई जनही २ लाखका दरले बिद्यालय व्यवस्थापन अनुदान उपलब्ध गराएको छ ।