मुख्य समाचार

एकल विन्दु सेवा केन्द्र आजबाट सञ्चालनमा

सरकारले नीति तथा कार्यक्रममा घोषणाअनुरुप लगानी प्रवद्र्धन तथा कानूनी प्रक्रिया सहजीकरणका लागि एकल विन्दु सेवा केन्द्र आजबाट सञ्चालनमा आएको छ । परियोजनाको अनुमति, समझदारीपत्र, लगानी अनुमति, वा सम्झौतालगायत काम गर्ने था परियोजनालाई सहयोग एवं सहजीकरणका लागि यस केन्द्रको स्थापना गरिएको हो । उद्योग विभागको महानिर्देशक कार्यकारी प्रमुख रहने केन्द्रमा उनी मातहत निर्देशकहरुसहित १९ जना कर्मचारीहरु रहनेछन् । यसको भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको… पुरा पढौ

नेकपाको प्रस्तावमा कांग्रेसको समर्थन

प्रदेश नं ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्को अवरोध हटेको जनाएको छ ।           काङ्ग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी राजधानी नटुङ्ग्याएको भन्दै प्रदेशसभाको बर्खे अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध गरेको थियो ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबीच राजधानीको विषयलाई चाँडै टुङ्गो… पुरा पढौ

अमेरिकामा पत्रकारलाई मृत्युदण्ड पनि दिइन्छ : बास्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको आज उद्घाटन गर्दै बास्कोटाले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए । सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए । अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै बास्कोटालेले आतंकवादलाई संरक्षण… पुरा पढौ

मिडिया काउन्सिल विधेयक सच्याउन पहल गर्छु

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार सो विधेयक सच्याउन पहल गरिदिन आग्रह गर्दै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटमा उनले सो प्रतिवद्धता ब्यक्त गरेका हुन् । उनले संघीय संसदको राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयक संशोधनको क्रममा र संसदीय समितिको छलफलको क्रममा सच्याउने अवसर भएकाले त्यसको सदुपयोग गर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरे। त्यस अवसरमा युनियनले… पुरा पढौ

जनशक्ति र पूर्वाधार बिनै ए ग्रेडको ल्याब

पोखराको न्युरोडमा रहेको लाइफ केयर डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर (एलसिडी)को अघि गण्डकी प्रदेशकै पहिलो ए ग्रेडको प्रयोगशाला लेखिएको छ । २०७४ चैत ५ मा ए ग्रेडको अनुमति पाएको एलसिडीले यसका लागि आवश्यक मापदण्ड भने पूरा गरेको छैन । ए समूहका प्रयोगशाला कमसेकम २ हजार वर्ग फिटमा हुनुपर्छ । यस्तै स्याम्पल कलेक्सन, रिसेप्सन, रिर्पो्िटङ कक्ष, क्युसी युनिट, पुस्तकालय, बैठक कक्ष र कार्यालयका लागि पनि आवश्यक ठाउँ पनि उपलब्ध हुनुपर्छ । कमसेकम… पुरा पढौ

प्रधानमन्त्री ओलीले गरे कम्बोडियाको राष्ट्रिय संग्रहालय अवलोकन

कम्बोडियाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय संग्रहालय अवलोकन गरेका छन। प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहेका बेला उक्त भ्रमण गरेका हुन् । त्यहाँको राष्ट्रिय संग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन्। यो संग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रूपमा रहेको बताइएको छ। त्यहाँ एंकरवाट नजीकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति… पुरा पढौ

जनता खुसि हुने क्षेत्रमा नै बजेट प्राथमिकतामा पार्ने

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनताले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुदै आएको बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिएका हुन् । संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले निदृष्ट गरेको लक्ष्य हासिल गर्ने विषयलाई… पुरा पढौ

नेपाल र कम्बोडियाबीच द्विपक्षीय लगानीमा सहमति

नेपाल र कम्बोडियाका बीचमा द्विपक्षीय व्यापार तथा लगानी सहमतिमा हस्ताक्षर भएको छ । कम्बोडियाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा द्विपक्षीय लगानी सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका हुन् । त्यस्तै नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।… पुरा पढौ

विकासको नयाँ मोडल अघि बढाउन आवश्यक छ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेका हुन् । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी दिए । अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल… पुरा पढौ

गुणस्तरहिन औषधि बिक्रीवितरण गर्नेलाई कार्वाही

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिएका छन् । मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले यस्तो चेतवनी दिएका हुन् । उनले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ विना औषधि बिक्रीवितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजना पनि अघि सारे । उपप्रधानमन्त्री यादवले सरकारले सिधैं कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं