मुख्य समाचार

सञ्चारमन्त्रिको कार्यक्रम बहिष्कार गर्ने

नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको कार्यक्रम बहिष्कार गर्ने भएको छ । सञ्चारमन्त्री बाँस्कोटाले मिडियालाई नियन्त्रण गर्ने नियतले संसदमा मिडिया काउन्सिल विधेयक पेश गरेकोले बाँस्कोटा सहभागी हुने औपचारिक कार्यक्रम बहिष्कार गर्ने युनियनले प्रेस विज्ञप्ति मार्फत जनाएको हो । सरोकारवाला पक्षसँग छलफल एक पटक पनि छलफल नगरी र सहमति बेगर नै सरकारले मिडिया विधेयक ल्याएको भन्दै नेपाल पत्रकार महासंघ नै आन्दोलनमा छ । युनियनले जेठ २… पुरा पढौ

पोखरा–देहरादून पनि सिधा बस सेवा

पोखरा–भारतको देहरादून सिधा बस सेवा सञ्चालन हुने भएको छ । पृथ्वी राजमार्ग बस सेवा अन्तर्गतको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले बस सञ्चालन गर्न लागेको हो । प्रत्येक साताको १ दिन बुधबार बस सेवा सञ्चालन गर्न लागिएको पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए । उनका अनुसार बस पोखराबाट नारायणगढ, बुटबल, महेन्द्रनगर, बनबास, रुद्रपुर, हरिद्वार, ऋषिकेश हुँदै देहरादूनसम्म पुग्नेछ । यात्रा गर्दा प्रति यात्रुले भारु २ हजार ७ सय… पुरा पढौ

कास्कीमा कुष्ठरोगी घट्दै

कास्कीमा कुष्ठरोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करूपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय कास्कीको तथ्यांकअनुसार जिल्लामा २३ कुष्ठरोगी नियमितरूपमा औषधि सेवन गरिरहेका छन् । गत आर्थिक बर्षमा १० हजार जनसंख्यामा शून्य दशमलव ४५ जना पीडित थिए भने चालु आर्थिक वर्षमा यो संख्या प्रति १० हजारमा… पुरा पढौ

एसियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि पहिलो पटक सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय पनि सुचिकृत भएको छ । सो संस्थाले मुख्य सूचकलाई आधार मानी त्रिविलाई २५१ देखि ३०० औँ स्तरमा सूचीकृत गरेको हो । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेख, रचना, जर्नल, राष्ट्रिय… पुरा पढौ

डेढ महिना भित्र नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत हुन्छ

नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्ने गरी डेढ महिना भित्र श्रम अडिट कार्यान्वयनमा ल्याइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रतिवद्धता जनाएका छन्। अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले सो प्रतिवद्धता व्यक्त गरेका हुन्। कानुनमा व्यबस्था भए मुताविक सम्पूर्ण अस्पताल वा क्लिनिकमा कार्यरत नर्सहरुले न्यूनतम पारिश्रमिक पाएको वा नपाएको निरीक्षण गरी न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन आनाकानी गर्ने स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउने बताए।… पुरा पढौ

वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको हो । फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुस यता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत थिए । विसं २०१२ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा… पुरा पढौ

दाजुद्धारा बहिनी बलात्कृत

बहिनी नाता पर्ने एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुंमा एक युवक पक्राउ परेका छन् । बलात्कार गरेको अभियोगमा घिरिङ-४ गड्यौलीका २५ वर्षका माधव कुमाललाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्ना साना बालबालिकाको हेरचाहसँगै पठनपाठनका लागि भनेर १२ वर्षीया बालिकालाई घरमा राखेका थिए। दुई वर्षयता बस्दै आएकी उनीमाथि गत मंगलबार राति कुमालले बलात्कार हो। घटनापछि दुई दिनसम्म बालिका विद्यालय नजान नसकेपछि परिवारले खोजी गरेका थिए। उनी घटनापछि दाजुको घर छाडेर… पुरा पढौ

नेइमारलाई फेरि अर्को कारबाही !

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेइमारलाई फ्रान्स फुटबल संघले फेरि तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि एक समर्थकलाई मुक्का हानेका कारण संघले नेइमारलाई कारबाही गरेको हो । नेइमार एक साताको बीचमा दोस्रो पटक कारबाहीमा परेका हुन् । यसअघि पनि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णय प्रति आपत्तिजनक प्रतिक्रिया दिएका कारण नेइमारलाई युरोपियन फुटबल… पुरा पढौ

पर्यटन प्रवद्धनमा टेवा पुर्याउन हाईकर्सको हाईकिङ

हाइकर्स क्लब नेपाल पोखराको आयोजनामा शनिबार एक दिने हाईकिङ कार्यक्रम सम्पन्न भएको छ । पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ पोखरा स्थित विरौटादेखि ड्यामसाईड हुदै पोखरा २१ निर्मलपोखारीको चिलाउनेखर्क होमस्टे सम्म हाईकिङ गरिएको हो । ७ किलोमिटरको लामो दुरी हिडेर करिव ६ घण्टामा हाईकर्स टिम मगर समुदायद्धारा सञ्चालित चिलाउने खर्क होमस्टेमा पुगेको थियो । गण्डकी प्रदेश भित्र सञ्चालन भएका होमस्टेहरुको प्रवद्धन गर्न आन्तरिक पर्यटकका रुपमा हाईकर्स क्लवहरुले पनि सहकार्य गरेमात्र… पुरा पढौ

हावाहुरी र असिनाले साढे ५ करोडको तरकारीमा क्षति

कतै फलेर बिक्री शुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर यहाँका कृषक चिन्तामा छन् । वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका विभिन्न १० स्थानमा रु ५ करोड ४९ लाख ५० हजार बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं