ताजा समाचार

वैशाख २९ गते २०७६

दाजुद्धारा बहिनी बलात्कृत

बहिनी नाता पर्ने एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुंमा एक युवक पक्राउ परेका छन् । बलात्कार गरेको अभियोगमा घिरिङ-४ गड्यौलीका २५ वर्षका माधव कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्ना साना बालबालिकाको हेरचाहसँगै पठनपाठनका लागि भनेर १२ वर्षीया बालिकालाई घरमा राखेका थिए। दुई वर्षयता बस्दै आएकी उनीमाथि गत मंगलबार राति कुमालले बलात्कार हो।

घटनापछि दुई दिनसम्म बालिका विद्यालय नजान नसकेपछि परिवारले खोजी गरेका थिए। उनी घटनापछि दाजुको घर छाडेर आफ्नै घर गएकी थिइन् ।उनको घर र दाजु पर्नेको घर तीन मिनेटको दूरीमा छ ।

दिनभर सुतेर विद्यालय नगएपछि सुरुमा आमाले सोध्दा बालिकाले केही नभएको बताएकी थिइन्। तेश्रो दिन विद्यालय गएर आए पनि उनी बिरामीजस्तो देखिएपछि सोध्दा आफूलाई कुमालले बलात्कार गरेको उनले आमासँग बताएकी थिइन्।

हाल प्रहरी हिरासतमा रहेका उनीविरुद्ध बलात्कार अभियोगमा मुद्दा चलाउन म्याद लिएर प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।