ताजा समाचार

वैशाख २९ गते २०७६

वामपन्थी नेता अधिकारी उपचारका लागि काठमाडौँमा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

अधिकारीका ज्येष्ठ सुपुत्र एवं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल लगिएको हो ।

फोक्सोमा क्यान्सरको सङ्क्रमण देखिएपछि अधिकारीको गत पुस यता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत थिए । विसं २०१२ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मनुभएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा लागेका थिए ।

जनयुद्धका समयमा उनको टाउकाको मूल्य रु २५ लाख तोकिएको थियो। माओवादी पार्टी विभाजनसँगै उनि वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । अधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतले अस्पतालमै आएर स्वास्थ्यलाभको कामनासहित सहयोगको आश्वासन दिएका छन् ।

परिवारका सबै सदस्य राजनीतिमा पूर्णकालीन रुपमा लागेकाले हाल उपचारमा समेत आर्थिक समस्या भएको बहिनी शान्ता अधिकारीले बताईन् । अधिकारीका छोरा नारायण पार्टीको गोर्खा जिल्ला इन्चार्ज हुन् भने बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य हुन् ।