ताजा समाचार

वैशाख २९ गते २०७६

डेढ महिना भित्र नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत हुन्छ

नर्सहरुको न्यूनतम पारिश्रमिक प्रत्याभूत गर्ने गरी डेढ महिना भित्र श्रम अडिट कार्यान्वयनमा ल्याइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रतिवद्धता जनाएका छन्।

अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।

कानुनमा व्यबस्था भए मुताविक सम्पूर्ण अस्पताल वा क्लिनिकमा कार्यरत नर्सहरुले न्यूनतम पारिश्रमिक पाएको वा नपाएको निरीक्षण गरी न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन आनाकानी गर्ने स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउने बताए।

लाखौं रकम खर्च गरेर नर्सिङ पेशामा आबद्ध श्रमिकहरु ५ हजारमा काम गर्न बाध्य रहेको भन्दै नर्सहरुको सम्मान गरी मुस्कान सहितको सेवा सुविधा उपलब्ध गराउन सक्ने उपयुक्त वातावरण तय गरिने जनाए।