पर्यटन प्रवद्धनमा टेवा पुर्याउन हाईकर्सको हाईकिङ

हाइकर्स क्लब नेपाल पोखराको आयोजनामा शनिबार एक दिने हाईकिङ कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ पोखरा स्थित विरौटादेखि ड्यामसाईड हुदै पोखरा २१ निर्मलपोखारीको चिलाउनेखर्क होमस्टे सम्म हाईकिङ गरिएको हो ।

७ किलोमिटरको लामो दुरी हिडेर करिव ६ घण्टामा हाईकर्स टिम मगर समुदायद्धारा सञ्चालित चिलाउने खर्क होमस्टेमा पुगेको थियो ।

गण्डकी प्रदेश भित्र सञ्चालन भएका होमस्टेहरुको प्रवद्धन गर्न आन्तरिक पर्यटकका रुपमा हाईकर्स क्लवहरुले पनि सहकार्य गरेमात्र पर्यटन क्षेत्रले सार्थकता पाउने भएकोले शनिबार उक्त होमस्टेमा हाईकिङ गएको हाइकर्स क्लब नेपालका अध्यक्ष प्रविण तुलाचनले बताएका छन् ।

हाईकिङ गर्दै होमस्टे पुगेपछि त्यहाको संस्कृति ,चालचलन,भेषभुषा तथा स्थानिय उत्पादबाट तयार पारिएका खानाका परिकारहरुकोे प्रचारप्रसारमा सहयोग पुग्ने उनको विश्वास छ ।

हाईकिङ स्वास्थ्यको दृष्टिकोणका हिसावले फाईदा हुनुका साथै साथीभाई विच भाईचारा कायम र अनुभवहरु साटासाट गर्दै स्थानीय पर्यटनको प्रवर्दधनमा मद्दत पुग्ने हाईकिङमा सहभागि पर्यटन ब्यवसायी ओमविक्रम ओझाले बताए । २२ घरधुरीमा सञ्चालन गरिएको उक्त होमस्टे गत चैत्रमा स्थापना भएको हो ।

शनिबार हाईकर्स टोली पुगेपछि फुलमालद्धारा न्यानो आतिथ्यताले स्वागत गरेका थिए । प्रसस्त पानी र सहज मोटरबाटोको सुविधा नभएकोले होमस्टेलाई सोचे अनुसार सञ्चालन गर्न नसकिएको होमस्टे सञ्चालक समितीका अध्यक्ष मान बहादुर थापामगरले बताए । उनका अनुसार उक्त समस्यालाई समाधान गर्नका लागी आश्यक पहल भैरहेको छ ।

हाईकिङमा टोलीमा पर्यटन व्यवसायी, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु, विभिन्न राष्ट्रिय तथा स्थानिय मिडियामा क्रियाशिल पत्रकारहरु गरी २५ जनाको सहभागिता रहेको थियो । पोखरामा एक दिने हाईकिङ अनिवार्य भइसकेकोले अब नियमित गर्ने योजना अनुसार आगामी जेठ ३१ गते अष्ट्र«लियन क्याम्पमा करिव ७ किलोमिटरकै हाईकिङ गर्ने कार्यक्रम रहेको अध्यक्ष तुलाचनले बताए ।

साथै शनिबार हाईकर्स क्लवको कानुनी सल्लाहकारमा अधिवक्ता बेदनाथ भण्डारी र सचिवमा युनिक अधिकारीलाई चयन गरिएको छ ।