मुख्य समाचार

अनुष्का बनिन् मिस नेपाल-२०१९

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । बिहीबार भएको फाइनलमा उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए । अनुष्काले सात जनालाई पछि पार्दै ‘मिस नेपाल २०१९’को उपाधि हात पार्न सफल भएकी हुन् । उनलाई ‘मिस नेपाल वर्ड्र २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन् । ‘मिस नेपाल… पुरा पढौ

हिरासतका युवकको मृत्युपछि प्रहरी चौकी तोडफोड

इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा एक युवक झुण्डिएको फेला परेपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ का समिर घिसिङ हिरासतभित्रकै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेपछि उनका आफन्तले इलाका प्रहरी कार्यालयमा तोडफोड गरेका हुन् । स्थानीय तोडफोडमा उत्रिएपछि प्रहरीसँग झडप भएको हो। झुण्डिएको अवस्थामा भेटिएका घिसिङको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तर आफन्तले घिसिङको मृत्यु भएको भन्दै प्रहरी कार्यालय तोडफोड र पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए… पुरा पढौ

कस्तो छ पोखरा महानगरपालिकाको नयाँ लोगो ?

पोखरा महानगरपालिकाको नयाँ लोगो तयार भएको छ । महानगरको नयाँ लोगो पोखरा महानगरपालिका वडा नं. १० निवासी रीक गुरुङले निर्माण गरेका हुन् । गुरुङद्वारा तयार भएको लोगोलाई महानगरको २९औं कार्यपालिका बैठकले अनुमोदन गरेको हो । नयाँ लोगोमा पोखराको फेवाताल, माछापुच्छेलाई महत्वका साथ झल्काइएको छ । लोगो डिजाइन गरेबापत गुरुङले ५० हजार रुपैयाँ पुरस्कार र प्रशंसापत्र प्राप्त गरेको महानगर स्रोतले जनाएको छ । नयाँ लोगो निर्माण गर्न महानगरले केही अघि सूचना… पुरा पढौ

पत्रकारलाई १० लाख जरिवाना गर्ने कानुन !

सरकारले समाचारका कारण व्यक्तिको प्रतिष्ठामा आँच पुगे १० लाखसम्म जरिबाना हुन सक्ने गरी कानून बनाउन लागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको ‘मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले समाचारका कारण प्रतिष्ठामा आँच पुगेमा १० लाख जरिवाना हुनसक्ने व्यवस्था गरेको हो । कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई पच्चीस… पुरा पढौ

सीताको मनोबल बढाउन विवाहोत्सव : प्रचण्ड

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी पत्नी सीता दाहालको मनोबल उच्च राख्न आफूले विवाहोत्सव मनाएको बताएका छन्। प्रचण्ड र सीता दाहालको विवाहको ५० औं वर्षगाँठका अवसरमा बिहीबार ललितपुरको सुनाकोठीमा आयोजित विवाहोत्सवमा संक्षिप्त सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्। प्रचण्डले डाक्टरहरुले पनि सीताको मनोबल उच्च राख्न सुझाएको स्मरण गरे। प्रचण्डले भने, ‘मलाई विवाहोत्सवको खास मतलव थिएन। सीताले पनि अघिल्लो वर्षदेखि नै विवाहोत्सव मनाउनुपर्छ भन्दै आएकी थिइन्। छोरीहरुले पनि… पुरा पढौ

कोलगेट टुथपेष्टमा क्यान्सरको रसायन !

कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ ।कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको उज्यालो अनलाइनले उल्लेख गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको… पुरा पढौ

संशोधित विधानले पार्टीलाई सशक्त बनाउँछ : महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको संशोधित विधानले पार्टीलाई थप सशक्त बनाउने बताएका छन् । नेपाली कांग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा उनले विधानले समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायतका विषयलाई थप प्रभावकारी बनाएको स्पष्ट पारे । महामन्त्री खड्काले विधानलाई कार्यकर्ताको भावनाअनुरुप आवश्यकताअनुसार परिमार्जन गर्दै लैजान सकिने बताउँदै राज्यको परिवर्तित संरचना, संविधानको भावना एवं मर्मलाई विधानले आत्मसात् गरेको उल्लेख गरे । सरकारका गतिविधि लोकतन्त्र… पुरा पढौ

वैशाख २० र २३ गतेका मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु यी हुन्

काठमाडौँ । सरकारले यहि वैशाख २० गते शुक्रबार र २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदका निर्णयहरु :   १. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा नीतिगत सुधारको क्रममा बजेट सहायता (क्रेडिट पोलिसी) को रूपमा प्राप्त हुने दोस्रो कार्यक्रमगत ऋण सहायता एक सय मिलियन अमेरिकी डलर बराबरको… पुरा पढौ

राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु स्वभाविक हो ,यसमा टिकाटिप्प्णी आवश्यक छैन

सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु स्वभाविक भएको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले मेरो सरकार भन्नु स्वभाविक भएको भन्दै यसमा आवश्यकता भन्दा बढी टिकाटिप्पणी गर्न आवश्यकता नभएको जिकिर गरेका हुन् । उनले राष्ट्रपतिले ‘मेरो सरकार’भन्दा आलोचना गर्नेले ‘महेन्द्रले भन्न शुरू गरेको ‘जय नेपाल’ के गर्ने ? भन्दै कांग्रेसलाई प्रश्न गरे । साथै उनले… पुरा पढौ

पक्राउ परेका विप्लवका भतिजा रिहा

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका भतिजा कपिलवस्तु शिवराज नगरपालिका– ९ निवासी यादव चन्द रिहा भएका छन् । बैशाख २३ गते पक्राउ परेका उनको बुधबार रिट उपर सुनुवाई गर्दै उच्च अदालतका वरिष्ठ न्यायाधीश कुमार पोखरेल र न्यायाधीश वामदेव ज्ञवालीको इजलासले यादवलाई रिहा गर्न आदेश दिएको हो । चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दीप्रत्यक्षीकरण रिट जारी गरेको थियो । यादव चन्दको हकमा यादवकी श्रीमती सरस्वती चन्दले उच्च अदालत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं